२०८१ मंसिर ९, आईतबार
बिहीबार वीरगन्जबाट भारत तस्करी गर्न लागेको अवस्थामा प्रहरीले ठूलो परिमाणमा स्याउ बरामद गरेपछि यो तथ्य बाहिर आएको हो ।
वीरगन्ज महानगरपालिका वडा नम्बर १६ भुटनदेवी नजिकबाट बिहीबार बिहान प्रहरीले भारत तस्करी गर्न लागिएको अवस्थामा ५९ वटा कार्टुनमा रहेको ५ सय ६५ केजी स्याउ बरामद गरेको हो ।
चीनबाट आयात गरिएको ५९ कार्टुन चाइनीज स्याउ, भारत तस्करी गर्न लागेको अवस्थामा बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले बताए ।
१०/१५ जना मानिसले स्याउको कार्टुन टाउकोमा बोकेर भारततर्फ जाँदै गरेको अवस्थामा प्रहरीको टोली पुग्दा उनीहरु स्याउ फालेर फरार भएको खनालले बताए ।
बरामद स्याउको बजार मुल्य २८ हजार २ सय ५० रुपैयाँ रहेको उनले जानकारी दिए । बरामद स्याउ आवश्यक कारवाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको उनले बताए । प्रहरीका अनुसार भारतबाट चक्लेटी स्याउ नेपाल आउने गरेको छ भने चाइनीज स्याउ नेपाल हुँदै भारत निर्यात हुने गरेको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे