२०८१ चैत्र २०, बुधबार
जागृति बाल तथा युवा सरोकार नेपालले किशोरी सशक्तीकरण कार्यक्रम अन्तर्गत वडा नं १० मा रहेको जनता माविमा ३५ जना बालिकाहरूलाई घरेलु प्याड बनाउन साथी शिक्षक (peer educator) को रूपमा तालिम हरु दिएको थियो।
उनीहरूको मार्फत नगरपालिकाका विभिन्न वडा, विद्यालय तथा समुदायमा किशोरीहरुसंग सम्बन्धित विभिन्न विषयहरुमा तालिम र सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको महासचिव दिपक शर्माले बताउनुभयो।
छात्रा तथा विद्यार्थीहरु महिनावारी हुँदा आवश्यक पर्ने सरसफाइको ज्ञान नभएको र हाल आफैले घरेलु प्याड गराउन पाउँदा खुसी देखिएका थिए।
पहिला पहिला महिनावारीको बेलामा बिद्यालय नआउने र विद्यालयमा महिनावारी हुँदा कक्षा छोडेर घर जाने समस्याले गर्दा उनीहरुको पढाईमा असर पुग्नुका साथै महिनावारी हुँदा गर्नुपर्ने सरसफाइको ज्ञान नहुँदा पनि उनीहरुको स्वास्थ्यमा प्रतिकुल असर परेको थियो।
अहिले विद्यालयहरूमा प्याड उपलब्ध छ। कपडाको पुन: प्रयोग योग्य प्याड बजारिया भन्दा राम्रो अनि सस्तो पनि भएकोले खुसी लागेको सहभागी किशोरीले बताउँछन्।
घरेलु प्याड बनाउने तालिममा सहभागी विद्यार्थीहरू
“यस किसिमको तालिमबाट किशोरी विद्यार्थीहरुले महिनावारी हुँदा गर्नुपर्ने सरसफाइ तथा आफुलाई आवश्यक पर्ने प्याड आफैले घरमा नै निर्माण गर्न सकिने कुराको जानकारी प्राप्त हुने भएकोले यो तालिम निकै उपयोगी र समय सान्दर्भिक रहेको विद्यालयको लैंगिक फोकल शिक्षकले बताउनुभयो ।
हामी कावासोती नगरपालिकालाई बालमैत्री र किशोरीमैत्री वातावरण निर्माणको अभियानमा निरन्तर लागिरहेका छौं। यस अभियानलाई सार्थक र फलदायी बनाउन सम्पूर्ण सरोकारवारवाला सबैले हातेमालो गर्न आवश्यक देखिन्छ, महासचिव शर्माले भन्नुभयो।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे