• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ श्रावण ३, आईतबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

कार्यालयलाई सुधारको एक्सप्रेस रोडमा गति दिंदै प्रमुख रजिष्ट्रार कृष्ण कुमारी श्रेष्ठ

२०८३ अषाढ ११, बिहिबार
२

छोराको कुटपिटबाट आमाको मृत्यु

२०८३ अषाढ १३, शनिबार
३

पोल्याण्ड पठाउने भन्दै २३ लाख ठगी गर्ने देवचुलीका भगवत थारु पक्राउ

२०८३ अषाढ १२, शुक्रबार
४

रमपम चाउचाउमा न्यून गुणस्तर भेटिएपछि तत्काल बजारबाट फिर्ता गर्न विभागको आदेश

२०८३ अषाढ ८, सोमबार
५

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

२०८३ अषाढ १२, शुक्रबार
६

भूकम्पमा परि मृत्यु हुनेको संख्या पाँच हजार नाघ्यो

२०८३ श्रावण २, शनिबार
७

विनयी त्रिवेणीका दुई वडा लुम्बिनी प्रदेशमा गाभ्न सिफारिस

२०८३ अषाढ ८, सोमबार
८

खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

२०८३ अषाढ २८, आईतबार
९

पिउस मिनरल वाटरको ब्याच नं. एम३२६ प्रयोग तथा बिक्रीवितरण नगर्न कम्पनीको आग्रह

२०८३ अषाढ २७, शनिबार
१०

नवलपरासी पश्चिममा बस र ट्रक ठोक्किँदा एक महिलाको मृत्यु, तीन जना घाइते

२०८३ अषाढ ६, शनिबार
११

यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य

२०८३ अषाढ १२, शुक्रबार
१२

फिफाले गर्‍यो एन्फाको सदस्यता निलम्बन

२०८३ अषाढ ११, बिहिबार

ज्येष्ठ नागरिकका लागि सहज जीवनयापनका उत्तम उपायहरू

प्रकाशित मिति: २०७८ फागुन १२, बिहिबार

  • १५२४ पटक पढिएको
  • श्रीधर लामिछाने

    बिगत केही बर्ष देखि समग्र विश्वमा मानव समुदायलाई तबाह गर्ने कोरोनाले धेरै सताईरहेको अवस्था छ। आज सम्म कोरोनाबाट ४३ करोड ८ लाख ७९ हजार ६७८ भन्दा बढी मानिस संक्रमित भईसकेको तथ्यांक छ।

    वर्ल्डोमिटरको तथ्यांक अनुसार यो आलेख तयार गर्दैगर्दा ५९ लाख ४० हजार १६२ मानिसले ज्यान गुमाउन पुगेको छन्। आधुनिक विश्वमा पनि एउटा रोगबाट यसरि धेरै मानिसले  ज्यान गुमाउनु पर्दा विज्ञानलाई नै कोभिड १९ ले गिज्याए जस्तो लाग्छ। वा भनौ चुनौती दिए झैं लाग् । अझै लाखौंको संख्यामा त भेन्टिलेटर वा आइसीयुमा चरम कष्ट भोगीरहेका होलान्। मलाई लाग्छ उल्लेखित पिडित र मृतकको संख्या मध्ये  सबै भन्दा धेरै त रोगि र ज्येष्ठ नागरिकहरू नै छन्।

    अहिलेको परिस्थिति संग पौँठेजोरी खेलेर बच्न जति सफल भए तिनले सहज ढंगले आफु बच्न र अरुलाई बचाउने काममा मद्दत गर्न सकुन भन्ने हेतुले तल ज्येष्ठ नागरिकहरुका लागि सहज जीवनयापनका केही उपायहरू लेख्ने प्रयास गरेको छु। यी छोटा सुझाव सल्लाह युवाहरुको निम्ती पनि उती नै सार्थक छन्। यी कुराहरुमा ध्यान दिन सके उनीहरु पनि भविष्यमा आइ पर्ने जोखिमबाट अवश्य जोगिनेछन्। मेरा ति निरोगी रहन मद्दत गर्ने सुझावहरुलाई मुख्य तिन भागमा पस्किने जमर्को गरेको छु। ति निम्न अनुसार छन् :-

    आहार :- 

    • चिल्लो पदार्थ जस्तै घ्यु तेल बोसो आदि सकेसम्म कम खाने गरौं।
    • नुन बढीमा दिनमा ३-५ ग्राम भन्दा कम खाने।
    • विहान वेलुका खानामा हरियो सागसब्जी र फलफूल को मात्रा बढाउने गरौं।
    • खाना थोरै तर पटक पटक खाने गरौं ।
    • पेटलाई डुम्म हुने गरि नखाने खाना हल्का हुने गरि खाने, पानि वा झोलिलो कुरा प्रसस्त पिउने गरौं ।
    • वेलुका अझ कम, २-३ वटा रोटि र हरियो सागसब्जी खाने गरौं ।
    • वेलुकाको खाना साँझ नपर्दै  खाने ताकी खाना खाएको २ घण्टा पछी विस्तारामा जान सकियोस्। (होस् गरौं टन्न खाना खाएर सुत्ने कामले पेट मात्र बढाउँन  मद्दत गर्छ शक्ति बढाउँन हैन)
    • खाना सकभर शाकाहारी खाने गरौं। सकिँदैन भने थोरै कुखुराको मासु वा माछा खाने गरौं ।
    • बेलावेलामा दहि खाने गरौं, जसले पेटलाई मजबुत र सफा राख्छ आवस्यक प्रोबायोटिक पुरा हुन्छ ।
    • मुटु रोग, मधुमेह, थाइराइड युरिक एसिड आदिको समस्या भएका मानिसले डाक्टरको सल्लाह बमोजिम खाना व्यवस्थापन गर्नुपर्छ
    • आफ्नो शरीरको तौल सन्तुलनमा राख्ने गर्नु पर्छ ।

    विहार :-

    • वेलुका समयमा सुत्ने, विहान सवेरै उठ्ने वानीले शरीर तन्दुरुस्त राख्न मद्दत गर्दछ। दिनमा कम्तिमा ६-७ घण्टा सुत्ने गर्नु पर्छ ।
    • हामी सधै घर परिवारलाई र जागिर लाई समय दिन्छौं  तर आफ्नै राम्रो स्वास्थ बनाउने कुरामा ध्यान दिदैनौँ। तसर्थ कम्तिमा १-२ घन्टाको समय नितान्त आफ्नो लागि छुट्टयाउनु पर्छ।
    • विहानको नित्यकर्म सकेर व्यायाम गर्ने योगा गर्ने, प्राणायाम गर्ने र ध्यान गर्ने गर्नाले  स्वास्थ्य राम्रो बनाउन मद्दत पुग्छ । अनावस्यक तनाव बाट मुक्त हुन मद्दत गर्छ ।
    • अरु व्यायाम गर्न  मिल्दैन भने विहान वेलुकाको समय पारेर कम्तिमा दिनको आधा घण्टा देखि एक घण्टा सम्म हिंडडुल गरौं । तर धेरै चिसो र गर्मीको भने ख्याल गरेर हिडौँ।
    • विहानको आफ्नो काम सकेपछी राम्रोसंग दिनभरिको कामको योजना बनाउनुहोस्।
    • काम आनन्द संग सम्पन्न गर्नुहोस्। कामलाई बोझ नसम्झी खुशी र उमंगकासाथ जिम्मेवारि पुरा गर्नाले काम गर्ने गराउने दुवै लाइ आनन्दानुभूति गराउँछ।
    • बुझी राखौं, चुरोट बिँडी सुर्ती रक्सि तथा धुम्रपान र मद्यपान शरीरको निमित्त दुस्मन हुन। यिनीहरुबाट टाढा  बसौं भन्ने भावना राखौं । पिउने अनेक बाहना नबनाऊँ।
    • बढी महत्वाकांक्षा राखेर सक्ने प्रवृति भन्दा थोरै कामबाट सन्तुष्टि लिन सिकौँ।
    • हप्तामा कम्तिमा १ दिन आराम गर्ने गरौं, परिवार संग समय बिताउँ।
    • अहिलेको समय, आजको दिन, आजको काम,  आजको हाम्रो, आपसी व्यवहार लाइ प्राथमिकतामा राखौं । बिगतमा पछुताएर वा भोलिको दिनको  कामको बोझ सम्झेर अहिले किन पिर ? भोलि के हुन्छ कसलाई के थाहा छ?
    • सानालाई माया र ठुलालाइ आदर साथ व्यवहार गरौं ।
    • दैनिक पुस्तक पढ्ने बानी वसालौं। मोबाइल, ग्याजेट र  टि.भीमा सकेसम्म कम समय बिताउँ।
    • वर्षको १-२ पटक समय मिलाएर घुमघाम गरौं । नयाँ नयाँ ठाउँमा जाउँ। राम्रा सकारात्मक सिनेमा हेर्ने , गीत संगीत सुन्ने मनमा आनन्द लिने गरौं। जीवनशैली लाइ सहज बनाउँ।
    • आफ्नो क्रियाकलापले  सकिन्छ अरुलाई सहयोग पुगोस नसके दुख पिडा नहोस् भन्ने कुरामा सचेत रहौँ।
    • हरेक काम होसियारिपूर्वक गरौं। ध्यान दिएर गरौं । पुरा उत्साह लिएर गरौं।
    • कुनै पनि काम कर्म पुरा आत्म-विश्वासको साथ गरौं।
    • सम उमेरका मानिससंग अध्यात्मिक चिन्तन गरौं । सकारात्मक वादविवाद गरौं । सबै मानव मात्र को कल्याण हुने कुरा सोचौं । सर्वे भवन्तु सुखिन : कसरि हुन्छ त्यस्तो बाटो सामुहिक रूपमा पहिचान गरौं । त्यस्तो काममा सकेको मन वचन र कर्मले सहयोग गरौं ।
    • आफुलाई प्राप्त राम्रा सूचना तथा अनुभव अरुलाई पनि बाड्ने गरौं। अरूको कुरा सुन्ने बानी बसालौँ।
    • निश्चित उमेर भएकाले नियमित स्वास्थ्य परिक्षण गरौं । औषधिको उचित प्रयोग गरौं । समयमै खोपहरु (कोभिड-१९, जनै खटिरा, निमोनियाँ आदिको ) लगाउँ।

    विचार :-

    • सदा सकारात्मक सोच विचारले नतिजा पनि सकारात्मक उर्जा निस्कन्छ । “सर्वे भवन्तु सुखिन:, सर्वे सन्तु निरामया, सर्वे भद्रानि  पस्यन्तु, माकश्चिद दुख भाग्भबेद” को सोच राखेर खुशी साथ जिउँ। दु:ख र सु:ख दुवै परिवेशलाई सहज रूपमा लिन सिकौं। हामी धेरै जसो व्यक्ति केन्द्रित भैसकेको अलि स्वार्थीपन विकास भैसकेको कारण अलि गाह्रो त हुन्छ तर प्रयास गरेको खण्डमा असम्भव भने छैन । असम्भव हुदैन ।
    • हरेक दु:ख पिडालाई सहज रुपमा लिने र तिनको निकास खोज्ने गर्नु पर्छ  ।
    • दु:खी पिडितहरु प्रति, अरुहरु प्रति सद्भाव राख्ने गरौं । सदा सहयोगी भावना राख्न सकौं ।
    • मानसिक तनाव हुने मुख्य कारण धन सम्पत्ति, अन्तरव्यक्ति सम्बन्ध, कार्यबोझ, आर्थिक लेनदेन, व्यक्तिगत महत्वाकांक्षा र नामको भोक आदि जस्ता कुरा हुन् । यी सबैमा धेरै महत्वाकांक्षी नभई सामान्य ढंगले जीवन संचालन गर्ने विचार गर्नु पर्छ । उल्लेखित विषयको  उचित व्यवस्थापन समयमा गर्नुपर्छ । आफ्नो शक्ति पहिचान गर्नु पर्छ ।

    एकले अर्कोलाई सहयोग गरौं । सामुहिक वसाई र आध्यात्मिक चिन्तनमा समय दिउँ। लिउं ।अहिलेको क्षणमा रमाउने गरौं । एकछिन पछी के हुन्छ थाहा छैन । बिगत बाट पछुताउने काम पनि नगरौं र भविष्य प्रति चिन्तित पनि नहौं । यो अहिलेको बर्तमानको क्षणमा व्यस्त रहौँ , स्वास्थ्य रहौं अनि मस्त रहौं ।

    भवंतु सब्ब मंगलम।

    हाल मेलबर्न अष्ट्रेलिया

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १९%५%१%
    प्रतिक्रिया दिनुहोस
    विचार सम्बन्धि थप
  • वर्तमान सरकारले कानुनी रुपमा सुकुम्बासी समस्या समाधान गर्नुपर्छ

  • विस्मृति पढेपछि…..

  • नलेखिएको ग्रामीण अर्थतन्त्र

  • बर्दीभित्रको मान्छे खरानीबाट ब्युँतिएको एउटा ‘कोमल’ इतिहास

  • समाचार
  • १

    औद्योगिक क्षेत्रका उद्योगबाट ४६ करोडभन्दा बढी महसुल राज्यकोषमा
    २०८३ श्रावण ३, आईतबार

  • २

    ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य
    २०८३ श्रावण ३, आईतबार

  • ३

    विश्वकपको उपाधिका लागि आज राति स्पेन र अर्जेन्टिना भिड्दै
    २०८३ श्रावण ३, आईतबार

  • ४

    विश्वकपमा इंग्ल्याण्ड तेस्रो, फ्रान्समाथि ६-४ गोलको रोमाञ्चक जित
    २०८३ श्रावण ३, आईतबार

  • ५

    गण्डकी सहितका पाँच प्रदेशमा भारी बर्षा हुने
    २०८३ श्रावण ३, आईतबार

  • ६

    काठमाडौं आउने-जाने यात्रुलाई रातिको यात्रा गर्दा विशेष सतर्कता अपनाउन आग्रह
    २०८३ श्रावण २, शनिबार

  • ७

    भूकम्पमा परि मृत्यु हुनेको संख्या पाँच हजार नाघ्यो
    २०८३ श्रावण २, शनिबार

  • ८

    मेसी र रोनाल्डोको सम्मानमा १९-१९ थान विशेष संस्करणका फोन उत्पादन
    २०८३ श्रावण २, शनिबार

  • ९

    एनटिभीको स्याटेलाइट ब्याण्डविथ खरिदमा हिनामिना भएको अध्ययन समितिको निष्कर्ष
    २०८३ श्रावण २, शनिबार

  • १०

    बोलेरो जिप दुर्घटनामा २ जनाको मृत्यु , तीन जना घाइते
    २०८३ श्रावण २, शनिबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution