२०८१ मंसिर ७, शुक्रबार
नेप्से सोमबार ४३.१२ अंकले घटेर २६१०.५९ को बिन्दुमा झरेको छ । आज विभिन्न कम्पनीको ७८ लाख ३४ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६० करोड बढीको कारोबार भएको छ । आज बजार परिसूचकसँगै सबै उपसूचकमा गिरावट भएको छ । विशेष गरेर एमसीसी संसदबाट अनुमोदन भएसँगै हाइड्रोपावरको सेयरमूल्य उच्च वृद्ध हुने हल्ला चलाइएको थियो । तर, आज बजारमा हाइड्रोपावर उपसूचक नै सवार्धिक ३.०९ प्रतिशतले गिरावट भएको छ ।
कारोबार रकममा अपी पावरले लिड गरेको छ । कम्पनीको सर्वाधिक धेरै १६ करोडको कारोबार हुँदा अरुण भ्याली हाइड्रोपावरको करिब १५ करोड र हिमानलयन डिस्टिलरीको १३ करोड रुपैयाँको सेयर किनबचे भएको छ । आज बजारमा कुल १९१ कम्पनीको सेयर कारोबारमा आएकोमा १८३ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै ७ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा १ कम्पनीको स्थिर रह्यो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे