२०८१ मंसिर ७, शुक्रबार
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. ४ मा कार्यरत वडा सचिव (नायब सुब्बा) मोहम्मद सिद्दिकले विवाह दर्तामा सहजिकरण गरिदिने भनी सेवाग्राहीसँग तीन हजार घुस मागेका थिए।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलबाट खटिएको टोलीले निज सिद्दिकलाई सेवाग्राहीबाट लिएको तीन हजार रुपैयाँ सहित नियन्त्रणमा लिएको थियो।
अनुसन्धानको सिलसिलामा राष्ट्रसेवक कर्मचारी सिद्दिकले सेवाग्राहीको विवाह दर्ता गर्ने कार्यमा आनाकानी एवं मोलाहिजा गरी सेवाग्राहीबाट घुस लिएको हुँदा निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएकोले निजलाई बिगो तीन हजार रुपैयाँ कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम सजाय हुन र सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ तथा भ्रष्टाचार निवारण ऐन, २०५९को दफा ३६ बमोजिम आज बिशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी गराउनुभयो।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे