२०८१ मंसिर ८, शनिबार
आयोगले सोमबार सूचना जारी गर्दै यसअघि पाएको मतदाता परिचयपत्र हराएको वा नासिएको अवस्थामा परिचयपत्र प्रदान गर्ने जनाएको हो ।
आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले यस अघि मतदाता परिचय पत्र पाई हराएको, नासिएको वा अन्य कुनै तवरले आफूसँग नरहेको अवस्थामा मतदातालाई निवेदन दिन सकिने व्यवस्था गरिएको जनाए ।
प्रतिलिपि परिचयपत्रका लागि आफ्नो वडा कार्यालयको सिफारिस सहित निर्वाचन कार्यालयमा फागुन २० गतेभित्र निवेदन दिन सकिने व्यवस्था मिलाइएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए।
त्यस्तै, आयोगले मतदाता नामावलीमा भएको विवरणमा कुनै त्रुटि भए इमेल र फ्याक्सबाट समेत निवेदन दिन सकिने व्यवस्था मिलाएको जनाएको छ ।
आयोगले फागनु ५ को निर्णयअनुसार सवै निर्वाचन कार्यालयलाई परिपत्र गरी इमेल र फ्याक्सबाट समेत उक्त निवेदन लिन सकिने गरी निर्देशन दिइएको जनाएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे