२०८१ बैशाख १३, बिहिबार
काठमाडौँ। पुरानो बानेश्वरबाट महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले ३६ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। गए राती प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
केही समययता कल बाइपास भइरहेको सूचनाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंको टोली त्यहाँ पुगेको थियो।
‘कल बाइपासमा संलग्न भएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो, यसबारे अनुसन्धान भइरहेको परिसर प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताएका छन्।
पक्राउ परेका चिनियाँ नागरिकलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे