२०८१ मंसिर २०, बिहिबार
शेयर बजार परिसूचकमा मंगलबार (आज) पनि सुधार देखिएको छ ।
बजार परिसूचक नेप्से मंगलबार १७ दशमलव ४२ अंकले बढेर २ हजार ७ सय ३५ दशमलव ९३ विन्दुमा पुगेको छ । कारोबार रकम पनि सोमबारको तुलनामा १ अर्बले बढेको छ ।
सोमबार २ अर्ब ९९ करोडको कारोबार भएकोमा मंगलबार २२ करोडले बढेर ३ अर्ब २१ लाख रुपैयाँको कारोबार भएको छ ।
लगानी र उत्पादन समूहबाहेकका समूहमा हरियाली छाएको छ । निर्जीवन बीमा कम्पनीमा सबैभन्दा बढी १ सय २८ अंकले बढ्दा विकास बैंक ७० अंकले उकालो लागेको छ ।
आज मैलुङ्गखोला जलविद्युत् र युनाइटेड मार्दी जलविद्युत् कम्पनीले सकारात्मक सर्किट लागेको छ ।
यस दिन २ सय २८ कम्पनीका ६० लाख ८१ हजार ६ सय २ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २१ करोड २८ लाख रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्स्चेन्जले जनाएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे