२०८१ मंसिर २०, बिहिबार
काठमाडौँ- आईसीसी टी–ट्वान्टी विश्वकप ग्लोबल छनोटको सेमिफाइनलमा नेपाल युएईसँग पराजित भएको छ ।
युएईले दिएकाे १ सय ७६ रनको लक्ष्य पछ्याएको नेपाल १८ ओभर ३ बलमा सबै विकेट गुमाएर १ सय ७ रनमै समेटिएपछि ६८ रनले पराजित भएकाे हाे ।
अल अमिरात क्रिकेट मैदानमा ओमानले दिएकाे एक सय ७६ रनकाे लक्ष्य पछ्याएकाे नेपाल १८ ओभर ४ बलमा एक सय सात रन मात्र बनाउन सक्याे ।नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३८ र ज्ञानेन्द्र मल्लले २० रन बनाएपछि अन्य खेलाडीले राम्राे अङ्कमा रन बनाउन सकेनन् ।
बलिङतर्फ यूएईका अहमद राजाले पाँच विकेट लिए । उनी चार ओभरमा १९ रन दिँदै पाँच विकेट लिन सफल भए । यस्तै जुनाइद सिद्दिकीले तीन विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेकाे यूएईले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ७५ रन बनायाे । यूएईका लागि मुहम्मद वसीमले ७० र विर्त्या अरविन्दले ४६ रन बनाए ।
बलिङतर्फ नेपालका लागि जितेन्द्र मुखिया र अविनाश बाेहराले तीन–तीन विकेट लिए । यस्तै कप्तान सन्दीप लामिछानेले एक विकेट लिए ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे