२०८१ चैत्र २०, बुधबार
त्यस्तै ५ प्रतिशत अर्थात् ४१ हजार ४३७ कित्ता साधारण शेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरी बाँकी ७ लाख ७४ हजार ५६३ कित्ता साधारण शेयर सर्वसाधारणमा निष्कासन गरिएको हो ।
कम्पनीको आईपीओ छिटोमा फागुन १५ गते बन्द हुने छ । उक्त अवधिमा मागअनुसार आवेदन नपरे ढिलोमा फागुन २५ गतेसम्म समय थपिने छ । यस अघिको आईपीओमा परेको आवेदनको प्रवृत्ति हेर्दा छिटोमा फागुन १५ गते नै यो आईपीओमा आवेदन दिने मिति बन्द हुने देखिन्छ । लघुवित्तको आईपीओमा न्युनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिने छ।
कम्पनीको आर्थिक वर्ष २०७७/७८ सम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रति शेयर आम्दानी ९४ रुपैयाँ ८८ पैसा छ । उक्त विवरणअनुसार प्रति शेयर नेट्वर्थ ३५२ रुपैयाँ २३ पैसा छ। सो अवधिमा संचित नाफा २५ करोड ३० लाख रुपैयाँ रहेको छ ।
कम्पनीको प्रक्षेपित तथ्यांकअनुसार अर्थिक वर्ष २०८०/८१ सम्म प्रति शेयर आम्दानी १३२ रुपैयाँ ८२ पैसा हुने छ भने प्रति शेयर नेट्वर्थ ४०७ रुपैयाँ ५९ पैसा हुनेछ । यो अवधिसम्ममा सञ्चित नाफा ५७ करोड ४३ लाख रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ ।
सर्वसाधारणलाई निष्काशन गरिने शेयरका लागि ईक्रा नेपालले इक्राआईआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । यो रेटिङ्गले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको भन्ने बुझिन्छ । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । आर्थिक न्यूजबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे