२०८१ बैशाख १३, बिहिबार
चितवन- गण्डकी प्रदेश सरकारले क्यान्सर राेग लागेका महिलाहरुको उपचारमा सहयोग गर्ने उद्श्यले उपचार खर्चवापत ५० हजार रूपैँया दिने भएकाे छ।
स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश र बि पि काेईराला मेमाेरियल क्यान्सर असपताल भरतपुर चितवनका बिच आज एक सम्झाैता गरिएको छ।
गण्डकी प्रदेशमा स्थाई ठेगाना भएका महिला हरुकाे प्रजनन् अंगमा हुने क्यान्सर उपचारमा प्रति बिरामि ५० हजार थप रकम अस्पताललाई उपलब्ध गराउने गरि सम्झाैता भएकाे छ।
उक्त सम्झौता पत्रमा क्यान्सर असपतालका निर्देशक डा देज कुमार गाैतम र स्वास्थ तथा जनसंख्या मन्त्रालय गण्डकी प्रदेश सचिब डा श्रीराम तिवारीले हस्ताक्षर गरेका छन्।
कार्यक्रममा अस्पतालका उप निर्देशक डा. कृण्णसागर शर्मा, स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशब चापागाईकाे उपस्थिति रहेकाे थियाे ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे