२०८१ मंसिर ६, बिहिबार
मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा मन्त्री कार्कीलाई समितिका अध्यक्ष राजेन्द्र अर्यालले ती प्रतिवेदन बुझाएका हुन्।
प्रतिवेदन ग्रहण गर्दै मन्त्री कार्कीले समाजलाई गतिशील बनाउन पत्रकारको भूमिका महत्वपूर्ण रहेको बताए।
उनले समितिले बुझाएका दुवै प्रतिवेदनलाई मन्त्रालयले अत्यन्त महत्वपूर्ण दस्तावेजका रूपमा ग्रहण गरी यसमा दिइएका सुझावको कार्यान्वयन गर्दै लैजाने आश्वासन दिए। मन्त्री कार्कीले भने, ‘हामी सबै एकै परिवारका सदस्य हौं, सुझाव दिने र लिनेभन्दा पनि यस क्षेत्रमा देखिएका समस्याको आपसी समन्वयका आधारमा निकाल्न सक्छौं।’
सो अवसरमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले बढ्दो महँगी, बजार मूल्य र अन्य क्षेत्रमा कार्यरत् कर्मचारीको पारिश्रमिकको आधारमा पत्रकारको पनि ५० प्रतिशत पारिश्रमिक वृद्धि गर्नुपर्ने आवश्यकता रहे पनि समितिले तत्काल २५ प्रतिशतले वृद्धि गर्न गरेको सिफारिस तत्काल वृद्धि गर्न आग्रह गरे।
उनले श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन र आमसञ्चार प्रतिष्ठान तत्काल गठन गर्न पनि माग गरे।
समितिका अध्यक्ष अर्यालले सञ्चार प्रतिष्ठानमा कार्यरत श्रमजीवी पत्रकार, कर्मचारी तथा कामदारको पेसागत हक, हित र सेवा सुविधा तथा सुरक्षाका लागि समितिले अध्ययन गरी तयार गरेको न्यूनतम पारिश्रमिक प्रदान गर्न, समितिलाई साधन स्रोत सम्पन्न बनाई कार्याधिकारसमेत विस्तार गरी पारिश्रमिक निर्धारण तथा अनुगमन बोर्ड बनाउन आग्रह गरे।
उनले प्रत्येक सञ्चार प्रतिष्ठानले श्रमजीवी पत्रकार ऐन नियमावलीअनुसार कल्याणकारी कोषको स्थापना गर्न र कोभिड प्रभावित पत्रकार, कर्मचारी तथा कामदारलाई विशेष राहत प्याकेज घोषणा गर्नसमेत अनुरोध गरे।
सो अवसरमा मन्त्रालयका सचिव डा वैकुण्ठ अर्याललगायत उच्च अधिकृतहरु पनि उपस्थित थिए। श्रमजीवी पत्रकारसम्बन्धी ऐनअनुसार स्थापना भएको यस समितिको वर्तमान कार्यसमितिको दुई वर्षको कार्यकाल भोलिदेखि समाप्त हुँदैछ। रासस
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे