२०८१ मंसिर ८, शनिबार
बाराको कोल्हवी नगरपालिका ११ मा कार्यरत वडा सचिव (ना.सु.) विनोद प्रसाद साहले जग्गा नामसारी सिफारिसको लागि सेवाग्राहीसँग घुस मागेका थिए।
घुस रकम मागेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौडाको टोलि खटिई गएको थियो। टोलीले निज साहलाई सेवाग्राहीबाट तीन हजार पाँच सय रुपैयाँ घुसरिसवत लिइसकेको अवस्थामा माघ १० गते नियन्त्रणमा लिएको थियो ।
निजले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएकोले निज वडा सचिव (ना.सु.) विनोद प्रसाद साहलाई बिगो तीन हजार पाचँ सय रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को खण्ड (क) बमोजिम सजाय हुन मागदावी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे