२०८१ मंसिर ६, बिहिबार
निर्वाचन आयोगका अनुसार मेसिनको प्रमाणीकरण कसले गर्ने भन्ने स्पष्ट व्यवस्था नभएसम्म मेसिन प्रयोग गर्न नसकिने भएको हो ।
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा विद्युतीय मतदानको अध्ययनको कार्यदल बनाएको थियो । उक्त कार्यदलले प्रतिवेदन बुझाएपनि मेसिन प्रमाणिकरणको विषयमा आयोग ढुक्क हुन सकेको छैन ।
सरकारले आसन्न स्थानीय तह निर्वाचनका लागि आठ अर्ब ११ करोड रुपैयाँ सुनिश्चित गरेको छ ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडलले अर्थ मन्त्रालयबाट उक्त रकम सुनिश्चित भएको जानकारी दिए । आयोगले आठ अर्ब ९५ करोड रुपैयाँ माग गरेको थियो । अहिले मागअनुसार नभए पनि आवश्यक परेको खण्डमा बजेट उपलब्ध गराउने जानकारी आएको उनले बताए ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे