२०८१ मंसिर ९, आईतबार
सभापतिका अर्का आकांक्षी बालकृष्ण घिमिरेले उम्मेदवारी फिर्ता लिएपछि जिसी निर्विरोध भएका हुन् । सभापतिमा शुक्रबार मनोनयन दर्ता गरेका जिसीलाई सभापति बनाउन घिमिरेले सहमति जनाएका थिए ।
कांग्रेसमा लामो समयदेखि सक्रिय जिसी पहिलोपटक कांग्रेसको जिल्ला सभापति चयन भएका हुन् । उनी ३०३६ सालपछि २ पटक तत्कालीन जिल्ला पञ्चायतका सभापति र दुईपटक प्रतिनिधिसभामा निर्वाचित भइसकेका व्यक्ति हुन् । ६६ वर्षीय जिसी नेता रामचन्द्र पौडेल निकट मानिन्छन् ।
उपसभापति, सचिव र सहसचिवमा पनि सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भइरहेको नेपाली कांग्रेस गण्डकी प्रदेशका महामन्त्री विष्णु लामिछानेले बताए ।
कांग्रेस महासमिति सदस्य र जिल्ला सदस्यहरुका लागि शनिबार मतदान हुँदैछ । जिल्लामा कूल १९ सय ७२ मतदाता रहेका छन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे