२०८१ मंसिर ९, आईतबार
वडा ३ का कार्यबाहक वडाअध्यक्ष ऋषिराम बस्ताकोटीले बालबालिकाहरुको अधिकार संरक्षण र सम्बर्द्धनमा नगर र वडाले बालमैत्री स्थानीय शासनको लागि पहल गरिराखेको र त्यसको प्रबर्द्धनको लागि बालबालिका लक्षित विभिन्न कार्यक्रमहरु समेत सञ्चालन गरिराखेको बताउनुभयो।
बालबालिकाहरुले पनि आफ्ना हक अधिकार प्राप्ति सँगै जिम्मेवारी र कर्तव्यमा समेत ध्यान दिनुपर्ने र तालिमहरुबाट सिकेका विषयहरु सही रुपमा कार्यान्वयन गर्न समेत अनुरोध गर्नुभयो ।
किशोरी शसक्तिकरण कार्यक्रम अन्तर्गत कावासोती नगरका सवै वडामा गठन भएका वडास्तरीय बालक्लव सञ्जालका पदाधिकारीहरु र अन्य बालबालिकाहरुको क्षमता अभिबृद्धीको लागि तालिमहरु सञ्चालन गरिराखेको आयोजक संस्थाकी राधादेवी बोटेले बताईन्।
तालिममा बालअधिकारको ऐतिहासिक पृष्ठभुमी, नेपालको संविधानमा बालअधिकार र यसको अवस्था, किशोरकिशोरीका सवालहरु, बालमैत्री स्थानीय शासनको बारेमा सेसन सञ्चालन गरिएको सहजकर्ता वि.क.ले बताईन्।
बेला बेलामा तालिमहरु सञ्चालन गर्ने हो भने बालबालिकाहरुले नयाँ विषय सँगै बालमैत्री अभियान र किशोरी मैत्री बाताबरणको लागि सहयोग पुग्ने तालिममा सहभागीहरुले बताए।
तालिममा वडास्तरीय बालसञ्जालका पदाधिकारीहरु र अन्य विभिन्न टोल र विद्यालयमा रहेका बालक्लवका प्रतिनिधीहरु सहित ४५ जनाको सहभागिता रहेको थियो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे