• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ मंसिर ६, शनिबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

भिमफेदी कारागारबाट भागेका कैदीको नवलपुरको गैँडाकोटमा हत्या

२०८२ कार्तिक ८, शनिबार
२

सेन्ट्रल कलेजको बसको ठक्करबाट चितवनमा मोटरसाइकल चालकको मृत्यु , ३ जना घाइते

२०८२ मंसिर ४, बिहिबार
३

वर्ल्डलिंकले ल्यायो ‘सिक्सजी वाई-फाई’, स्पिड ४ गुणा फास्ट हुने

२०८२ कार्तिक २३, आईतबार
४

मौलाकालिका मन्दिरबाट फर्किँदै गरेको अटो दुर्घटनामा ४ जना घाइते

२०८२ कार्तिक ८, शनिबार
५

३६ जना प्रमुख जिल्ला अधिकारीको सरुवा (नामावलीसहित)

२०८२ कार्तिक ९, आईतबार
६

यी तीन प्रदेशमा आज बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक १०, सोमबार
७

यी तीन प्रदेशमा बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक ७, शुक्रबार
८

नवलपुरको अमलटारीघाट हुँदै चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारीको अनुमति

२०८२ कार्तिक १२, बुधबार
९

नारायणीमा खेलकुद महोत्सव : लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

२०८२ कार्तिक ९, आईतबार
१०

अस्ट्रेलिया सवारी दुर्घटनामा चितवनका एकै परिवारका ३ जनाको मृत्यु

२०८२ कार्तिक २७, बिहिबार
११

गैंडाकोट नगरपालिकाले माग्यो “जनस्वास्थ्य अधिकृत” पदमा कर्मचारी

२०८२ कार्तिक १६, आईतबार
१२

७३ वर्षीय टीकारामले कमाउछन् मौरीपालनबाट वार्षिक १५ लाख रुपैँया

२०८२ कार्तिक १९, बुधबार

स्थानीय तहको पाँच वर्ष, पूर्वाधार विकासमा फड्को

नवलपुर अनलाइनप्रकाशित मिति: २०७८ फागुन २३, सोमबार

  • ४५४ पटक पढिएको
  • स्थानीय तहका जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल करिब सकिन लागेको छ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिसकेको छ । घोषणा गरिएको मितिमा निर्वाचन भए नयाँ जनप्रतिनिधिले आगामी जेठबाट स्थानीय तहको पाँच वर्षका लागि बागडोर समाल्ने छन् ।

    पाँच वर्ष कार्यकाल समापन हुनै लाग्दा धेरैजसो स्थानीय तहले पूर्वाधार क्षेत्रको विकासमा उल्लेख्य फड्को मारेका छन् । तीमध्ये कावासोती नगरपालिकाले समेत पाँच वर्ष अवधि समापन हुनै लाग्दा सडक स्तरोन्नति, चक्रपथ, प्रशासनिक भवन, वडा कार्यालयको भवन, फोहरमैला व्यवस्थापन केन्द्र र वन्यजन्तुको क्षति न्यूनीकरणका लागि पर्खालसहितको मेसजाली निर्माणलगायत काममा प्रगति हासिल गरेको छ ।

    कावासोती नगरपालिका प्रमुख चन्द्रकुमारी पुनले आफ्नो कार्यकालमा ६४ दशमलब ५ किलोमिटर सडक कालोपत्र गरेको जानकारी दिइन् । करिब १२८ किलोमिटर सडक ग्राभेल तथा स्तरोन्नति र नगरका विभिन्न स्थानमा गरी १० किलोमिटर पिच सडकमर्मत गरिएको उनले बताइन् । उनले भनिन्, “सडक पूर्वाधार निर्माणले ग्रामीण भेगको पहुँच बजार र राजमार्गसँग सहज रुपमा भएकाले यसले हरेक क्षेत्रको विकासमा सहयोग पुग्ने विश्वास छ ।”

    यसैगरी करिब ६७ दशमलब ८ किलोमिटर पक्की नाला तथा नगरको विभिन्न वडामा गरी ९५ वटा कल्भर्ट निर्माण सम्पन्न गरेको नगरपालिकाले जनाएको छ । नगरका विभिन्न स्थानमा एक हजार ९०० वटा सडक बत्ती जडान गर्नुका साथै ८०० विद्युत् पोलसहित विभिन्न स्थानमा विद्युतीकरणको कार्यसमेत सम्पन्न भएको प्रमुख पुनले बताइन् । नगरभित्रका साना बाटोमा मोजाइक टायल लगाउने कामसमेत गरिएको उनले बताइन् । चालु आवमासमेत विभिन्न साना बाटोमा यो कार्य भएको उनको भनाइ छ । नगर गौरवको योजनाको रुपमा रहेको कावासोती चक्रपथको हालसम्म १० किलोमिटर सडक कालोपत्र भएको छ भने नगरपालिकाको प्रशासनिक भवनसहित वडा नं ४, ५, ७, ८, ९ र १५ को कार्यालय भवन निर्माण सम्पन्न भएका छन् । त्यस्तै वडा नं १, २, ३, ६, ११, १३ र १६ को कार्यालय भवन चालु आवमा सम्पन्न हुने लक्ष्य राखिएको नगर प्रमुख पुनले बताइन् ।

    आफ्नो कार्यकालमा नगरस्तरमा दिगो फोहरमैला व्यवस्थापनका लागि फोहरमैला व्यवस्थापन केन्द्रको निर्माण सम्पन्न भई फोहरमैला व्यवस्थापनको कार्य अगाडि बढाइएको नगरपालिकाका उपप्रमुख प्रेमशङ्कर मर्दनिया थारुले बताए । मध्यवर्ती क्षेत्रमा हुने वन्यजन्तुको क्षति रोक्न १९ किलोमिटर क्षेत्रमा पर्खालसहितको मेसजाली निर्माण गर्ने काम विभिन्न वडामा भएको उनले बताए । आफ्नो कार्यकालमा विपन्न समुदायको आवास व्यवस्थापनका लागि हालसम्म ८८ वटा घर निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएको छ । चालु आवमा १७ घर निर्माण गरी हस्तान्तरण गरिने उपप्रमुख मर्दनिया थारुले बताए ।

    आफ्नो कार्यकालमा कभर्ड हलको निर्माण सम्पन्न भएको उनको भनाइ छ । वडा नं ६ को विष्णुनगर चौर क्षेत्रलाई नगरस्तरीय रङ्गशाला निर्माण गर्न गुरुयोजना निर्माण गरी काम सुरु गरिएको उल्लेख गर्दै उनले पोखरी तालको गुरुयोजना निर्माण गरी बाटो तथा पार्क स्तरोन्नतिमा काम भएको जानकारी दिए । नगरभित्र अत्याधुनिक कोल्ड स्टोर निर्माणका लागि बजेट विनियोजन, वडा नं १७ मा सामुदायिक बीउ बैंक निर्माण, सय भन्दा बढी मन्दिर, २५ भन्दा बढी सामुदायिक एवम् क्लबको भवन स्तारोन्नति तथा नयाँ निर्माण गरिएको छ । वडा नं ३, ५, ८ र १२ मा गुम्बाको निर्माण तथा स्तरोन्नति गरिएको उपप्रमुख मर्दनिया थारुले बताए ।

    उनका अनुसार नगरपालिकाले साविकका गाविस भवन रहेका वडा कार्यालयको स्तरोन्नति गरिएको छ । आदिवासी थारु सङ्ग्रालयको भवन स्तरोन्नति गर्नुका साथै रेडक्रससँगको सहकार्यमा ब्लड बैंक तथा आपतकालीन भण्डारणका लागि गोदाम निर्माण गरिएको उपप्रमुख मर्दनिया थारुले बताए । एक वडा एक खेल मैदानअन्तर्गत नगर क्षेत्रभित्रका खेल मैदान स्तरोन्नति कार्यको सुरुआत गरिएको, हरित सहर निर्माण अभियानअन्तर्गत विभिन्न वडाभित्रका मूल सडक दायाँवायाँ वृक्षरोपण गरिएको छ । खानेपानी कार्यालयसँगको सहकार्यमा वडा नं ३ मा ओभरहेड टङ्की निर्माण सम्पन्न भएको नगरपालिकाले जनाएको छ ।

    यसैगरी वडा नं ४, १२, १३ र १७ मा खानेपानी ट्याङ्की तथा वडा नं ४ को चिलाहा खानेपानी आयोजनामा पाइपलाइन विस्तार गरी डिप बोरिङ सञ्चालनमा रहेको छ । साथै वडा नं १५ मा खोनेपानी पहुँच विस्तारका लागि पाइपलाइन विस्तारको कार्य गरिएकोसमेत नगर उपप्रमुख मर्दनिया थारुले बताए ।

    यसैगरी जनतालाई सुविधा दिन न्यूनतम आवश्यकताको पहिचान गरी सोही अनुसार काम गरेको उनको भनाइ छ । “हामीले सामान्य खालका योजनालाईसमेत अगाडि बढायौं, जुन योजनाले आम नागरिकलाई सहज पु¥याउने खालका थिए”, उनले भने, “स्थानीय सरकारको आफ्नो सामर्थ्य अनुसारको काम गर्न हामी चुकेका छैनौं भन्ने लागेको छ ।”  रासस

  • कावासोती
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    कावासोती नगरपालिका सम्बन्धि थप
  • लुम्बिनी लायन्स ९ विकेटले पराजित

  • ८ लाख ३७ हजार नयाँ मतदाता थपिए

  • एनपीएलमा आज दुई खेल हुँदै

  • मौलाकाली केवलकार आजदेखि संचालनमा

  • समाचार
  • १

    लुम्बिनी लायन्स ९ विकेटले पराजित
    २०८२ मंसिर ६, शनिबार

  • २

    ८ लाख ३७ हजार नयाँ मतदाता थपिए
    २०८२ मंसिर ६, शनिबार

  • ३

    एनपीएलमा आज दुई खेल हुँदै
    २०८२ मंसिर ६, शनिबार

  • ४

    मौलाकाली केवलकार आजदेखि संचालनमा
    २०८२ मंसिर ६, शनिबार

  • ५

    यी चार प्रदेशमा आज आंशिक बदली हुने
    २०८२ मंसिर ६, शनिबार

  • ६

    फ्रान्सेली कम्पनीसँगै ७ लाख थान विद्युतीय राहदानी खरिद गर्ने सरकारको निर्णय
    २०८२ मंसिर ५, शुक्रबार

  • ७

    सुदूरपश्चिम रोयल्सले पोखरालाई दियो १९४ रनको लक्ष्य
    २०८२ मंसिर ५, शुक्रबार

  • ८

    एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै
    २०८२ मंसिर ५, शुक्रबार

  • ९

    आज विश्व टेलिभिजन दिवस मनाइदै
    २०८२ मंसिर ५, शुक्रबार

  • १०

    गण्डकी र लुम्बिनी प्रदेशमा बर्षा सहित हिमपातको सम्भावना
    २०८२ मंसिर ५, शुक्रबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution