२०८१ मंसिर ९, आईतबार
समयमै बजेट पेश गरे/नगरेको, असार मासन्तभित्र बजेट पास गरे/नगरेको, राजस्व बाँडफाँट गरे/नगरेको, आगामी आवको बजेटको अनुमान अर्थमन्त्रालयमा पुस मसान्तभित्र पेस गरे/नगरेको विषयमा मूल्यांकन गरेको थियो ।
त्यस्तै, आन्तरिक राजस्वको लक्ष्य र संकलन, अघिल्लो आवको बजेट र खर्चको अवस्था, बेरुजु, सुत्रको प्रयोग, आवधिक योजना तय गरेरनगरेको, विद्यालयमा विद्यार्थी भर्नाको अवस्था, गर्भवती महिलाको संख्या, संस्थागत प्रसुति संख्या, बालबालिकाको संख्या, खोप लगाएका बालबालिकाको संख्यालगायत शिर्षकका सूचकमा आयोगले स्थानीय तहलाई अंकभार दिएको थियो।
७ सय ५३ स्थानीय तहमध्ये सबैभन्दा धेरै ७८.६९ अंक डडेल्धुराको अजयमेरु गाउँपालिकाले पाएको छ । मुस्ताङको लो घेकर–दामोरकुण्ड गाउँपालिका ७७.११ अंक ल्याएर दोस्रो भएको छ । तेस्रोमा ७६.५४ अंकका साथ गुल्मीको धुर्कोट, चौँथो ७६.४९ अंकका साथ कैलालीको कैलारी गाउँपालिका र पाचौं ७६.३८ अंकका साथ भीमदत्त नगरपालिका (कञ्चनपुर) भएका छन् ।
यहि मूल्यांकनका आधारमा आयोगले आर्थिक वर्ष २०७९.८० का लागि संघबाट स्थानीय तहमा प्रदान हुने संघीय संचित कोषको समानीकरण अनुदानको रकम सिफारिस गर्ने छ ।
स्थानीय जनता, कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मी लगायत सबैको सहयोगबाट गाउँपालिका यो स्थानमा पुगेको भन्दै गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे