२०८१ मंसिर ९, आईतबार
मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाद्वारा बाँडफाँट गरिएको थियो ।
२५ लाख २७ हजार १ सय १ जनाले शेयर आवेदन गरेकोमा ४ हजार १ सय ४६ जनाको आवेदन रद्द भएको थियो । २५ लाख २२ हजार ९ सय ५५ जना योग्य निवेदकबाट गोलाप्रथाबाट बाँडफाँट गर्दा भाग्यमानी ७७ हजार ४ सय ५६ जनाले १० कित्ता सेयर प्राप्त गरेका छन् ।
३ कित्ता रहेको बाँकी अड लटको शेयर २० कित्तामाथिका लागि आवेदन गर्ने ३ जनाले एक एक कित्ताको दरले पाएका छन् । बाँकी २४ लाख ४९ हजार ६ सय ४५ जना आवेदकको हात खाली हुन पुगेको छ ।
संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ८ करोड २८ लाख ७५ रुपैयाँ बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेको थियो ।
जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात १२ हजार ७ सय ५० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएको थियो भने ५ प्रतिशत अर्थात ४१ हजार ४ सय ३७ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो । बाँकी ७ लाख ७४ हजार ५ सय ६३ कित्ता साधारण सेयर सर्वसाधारणका आज बाँडफाँट गरिएको हो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे