बिहिवार २८ गतेका लागि तय गरिएको परीक्षा स्थगित गर्न उच्च अदालतले अन्तरिम आदेश दिएको थियो।
परिक्षा विरुद्ध क्रिस्टिना थैबले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश भोजराज अधिकारीको इजलासले यो आदेश दिएको हो। अदालतले दुवै पक्षलाई चैत ६ गते छलफलका लागि बोलाएको छ। थैबले समानुपातिक समावेशी प्रणालीमा कोटा तोक्न माग गर्दै रिट दायर गरेकी थिइन् ।
उच्च अदालत पाटनले दिएको अन्तरिम आदेश भन्सार बिभागमा आज फागुन २७ गते तामेल भएको थियो। उक्त तामेललाई आधार मान्दै अर्को ब्यवस्था नहुन्जेलसम्मका लागि परिक्षा स्थगित गरिएको घनश्याम तिमिल्सिनाद्धारा हस्ताक्षरित सूचनामा जनाईएको छ।
२०७७ साल चैत १७ गते भन्सार बिभागले ६६० जनाको संख्यामा भन्सार एजेन्टका लागि आवेदन माग गरेको थियो। उक्त पदका लागि देशभरबाट ९ हजार २३ जनाले आवेदन दिएको भन्सार बिभागले जनाएको छ। पहिलो पटक २०७८ जेठमै परीक्षा हुने भनिएपनि कोभिडका कारण परिक्षा स्थगित भएको थियो। दोस्रो पटक माघ २९ मा तोकिएको परिक्षा पनि कोभिडकै कारण स्थगित भएको थियो।
भन्सार एजेन्टको आवेदकसँग विभागले प्रति आवेदन ३ हजारको दरले शुल्क उठाएको छ। हालसम्म परिक्षा दिन पाउने आवेदकको संख्या ९ हजार २३ जना छ। परीक्षार्थीहरूबाट बिभागले आवेदन शुल्क बाट मात्रै २ करोड ६९ लाख ७० हजार उठाएको छ।
विभागले कसैको प्रभावमा परेर परीक्षा पटक-पटक रोकेको भन्दै परीक्षार्थीहरुले दबाव समूह बनाएरै भन्सार बिभागका महानिर्देशक लगायत अर्थमन्त्रीलाई समेत भेटेर परिक्षा तत्काल संचालन गर्नका लागि आग्रह गरेका थिए।
भन्सार बिभागले फागुन ५ गते सूचना जारि गर्दै फागुन २८ गते शनिवारका लागि परिक्षाकेन्द्र कायम गरिएको सूचना प्रकासित गरेको थियो। यो सहित तेस्रोपटक परिक्षा स्थगित भैसकेको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे