२०८१ पौष २४, बुधबार
फागुन २८ गते “युसिभी” ले स्थापनाको पहिलो बार्षिकोत्सव मनाउँदै छ। देशका सातै प्रदेशमा सांस्कृतिक केन्द्र निर्माण गर्ने उद्देश्यअनुरूप पहिलो चरणमा फाउन्डेसनले गैँडाकोटको हर्कपुरमा “युसिभी” स्थापना गरेको हो। गत बर्ष फागुन २८ गते विविध कार्यक्रम गर्दै विधिवत रूपमा यसको उद्घाटन गरिएको थियो।
बार्षिकोत्सवको अवसरमा बिभिन्न क्षेत्रका १० जना कलाकारहरूले समकालिन कला प्रर्दशनी गर्नेछन्। दिउसो १ बजेदेखि ३ बजेसम्म १६ देखि ३० बर्ष उमेर समुहका उर्जावान महिलाहरूका लागि लक्षित गर्दै क्षमता अभिबृद्धि, उत्प्रेरणा र नेतृत्व सम्बन्धी तालिम संचालन हुनेछ।सो तालिममा सहभागी हुन ३५० शुल्क तोकिएको छ। त्यस्तै ८ देखि १९ बर्ष उमेर समुहका बालवालिकाहरूले आफ्नो कला प्रतियोगिता तथा प्रदर्शनी समेत गर्ने कार्यक्रम छ।जसका लागि प्रति व्यक्ति १५०० शुल्क तोकिएको छ। साथै प्रवेश पासका लागि २०० रूपैँया शुल्क लाग्नेछ। स्थानीय नाच, लाईभ म्युजीक, थारू समुदायको नाच, लाईभ कुकिङ्ग जस्ता कार्यक्रमहरू पनि प्रस्तुत गरिने कार्यक्रम रहेको युसिभीले जनाएको छ।नेपाल आइडल टप टेनका प्रतिस्पर्धी अफसर अलिले साँझ आफ्नो कला देखाउने कार्यक्रम समेत रहेको छ।
कला र साहित्य समाजलाई समृद्ध गतिशिल बनाउने एक महत्वपूर्ण अंग पनि भएकोले जातीय सम्पदा, कला, र साहित्यको प्रवर्द्धन, सांस्कृतीक प्रर्दशनी, चित्रकला र हस्तकलाको मौलिक पहिचानलाई कायम राख्दै वर्तमानबाट भावि पुस्तालाई समेत हस्तान्तरण गर्ने उद्देश्यका साथ UNNATI परियोजना मार्फत गैँडाकोट नगरपालिकाको हर्कपुरमा चौधरी फाउण्डेशनले कारीगार समुदायहरुको आकर्षण केन्द्रको रुपमा उन्नती सांस्कृतिक ग्राम स्थापना गरेको फाउन्डेसनका उपाध्यक्ष तथा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले बताउनुहुन्छ।
हरेक गतिविधिहरुले मानिसहरुलाई दृश्य प्रदर्शन गर्नुका साथै स्थानीय कला र संस्कृतीलाई परम्परागत रुपमा नै सृजना गर्न, अनुभव गर्न र जोडिन प्रोत्साहित गर्ने भएकोले युसिभीको पहिलो बार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम गर्न लागिएको उन्नती कल्चरल भिलेजकी प्रमुख मेरिना रञ्जित बताउनुभयो।
चितवनको नारायणगढ बजारबाट करिब १२ किलोमिटर दूरीमा रहेको “युसिभी” मा थारू संस्कृति झल्काउने रेस्टुराँ, अतिथिगृह र कोठाहरू छन्। चारैतिर हरियाली वातावरण रहेको छ। करिब ६ बिघा जग्गामा फैलिएको भिलेजमा नेपाली कलाको संग्रहालय पनि छ। कला र साहित्यको प्रवद्र्धनका लागि भनेर कला केन्द्रको समेत स्थापना गरिएको छ।
चित्रमा थारू जातिका विभिन्न मेलामहोत्सव र पर्वबारे जानकारी छन्। थारू जातिका दैनिकी झल्किने वस्तु छन्। यो कल्चरल भिलेजमा थारु समुदायको एउटा सिंगो तस्बिरलाई पस्किएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे