२०८१ पौष २४, बुधबार
जनयुद्धमा सहभागी जनमुक्ति सेनाको दुःखमा आधारित भएर बनाइएको १६ मिनेट २५ सेकेण्ड लामो गीत यतिबेला युट्युबको ट्रेन्डिङमा रहेको छ ।
तर, गीत सार्वजनिक भएपछि माओवादी वृत्तबाट यसको चर्को आलोचना भइरहेको छ ।
नेकपा माओवादी केन्द्रसम्बद्ध अनेरास्ववियू क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले सपुतलाई गीत हटाउन चेतावनी नै दिएकी छिन् । उनले सर्वाजनिक माफी मागेर तत्काल युट्युबबाट गीत नहटाए गैरजिम्मेवार हर्कत सहेर नबस्ने बताएकी छन् ।
२४ घण्टा नबित्दै विवादमा मुछिएको उक्त गीत अहिले नेपालमा युट्युव ट्रेन्डिङको तेस्रो स्थानमा छ । परिवर्तनको सपना लिएर ज्यान हत्केलामा लिई युद्ध लडेकाहरुको सपना अझै पूरा नभएको र उनीहरुको बिचल्ली भएको चित्रण गीतले गर्छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे