२०८१ मंसिर ७, शुक्रबार
उनीहरूले आज आइतबार कमलपोखरीस्थित लोक सेवा आयोगको केन्द्रीय कार्यालयमा पुगेर अन्तर्वार्ताको माग गर्दै धर्ना दिएका हुन् ।
गत भदौमा लिखित परीक्षाको नतिजा प्रकाशित भए पनि अहिलेसम्म अन्तर्वार्ता नहुँदा आफूहरूको भविष्य अन्योल भएको भन्दै उनीहरूले आयोगको ध्यानाकर्षण गराएका हुन् । परीक्षामा उत्तीर्ण भएर पनि अन्तर्वार्ता नहुँदा ४/५ सय नासुको भविष्य अन्योल भएको लिखित परीक्षामा सफल भएका उनीहरूले जनाएका छन् ।
अदालतमा मुद्दा परेपछि गत भदौदेखि नासुको अन्तर्वार्ता रोकिएको थियो । रोकिएका अन्तर्वार्ता र परीक्षाहरू यथाशीघ्र सञ्चालन गर्न आदेश आइसके पनि आयोगले काम अघि नबढाएको उनीहरूको गुनासो छ ।नासुमा नाम निकालेकाहरूलाई आयोगले अदालतको आदेश अस्पष्ट भएको भन्दै कानुनी परामर्श गरेर काम अघि बढाउने आश्वासन दिएको छ । दैनिकसमाजबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे