२०८१ पौष २५, बिहिबार
यज्ञ हुने स्थानबारे अवलोकन गर्न सोमबार स्वामी कमलनयनाचार्यजी महाराज एक धार्मिक टोलीसाथ पर्वत जिल्लाको जल्जला गाउँपालिकाको कालन्जर पर्वतमा हेलिकप्टरबाट पुग्नु भएको हो ।
स्थानीय जल्जला गाउँपालिकास्थित कालन्जर बाग्लुङको पन्चकोट र कुडुलेमा सोमबार स्वामीजी, जल्जला गाउँपालिका अध्यक्ष रामकृष्ण मल्ल, उद्योगपति विनोद कुँवर, डा. संगीता कार्की, केबुलकार र मनोरेलका विज्ञ गुणराज ढकालसहितको टोली त्यस स्थान गएको थियो ।
पर्वत, बाग्लुङको रारायीकोट (राजराजेश्वरी देवीको तपोभूमि), मालिका भगवती, म्याग्दीको तपोभूमि सिद्धथान (टोड्के), गौश्वारामा २०७९ वैशाख १ देखि ५ गतेसम्म एउटै मुहूर्तमा पञ्चश्री महायज्ञ लगाइने स्वामीको सचिवालयले जनाएको छ ।
सो ठाउँको हेलिकप्टरबाट स्वामीसहितको टोलीले स्थलगत अवलोकन गरेको हो । ती स्थानमा पुग्दा उहाँहरुको स्वागतका लागि स्थानीय ठूलो संख्यामा उपस्थिति भएको थियो ती सबै स्थानमा एउटै मिति र समयमा पञ्चश्री महायज्ञ हुने टोलीले स्थानीयलाई जानकारी गराएको थियो ।
वैदिककालमा विभिन्न ऋषिमुनिहरुको तपोभूमिका रुपमा चिनिएका ती स्थानलाई तीर्थस्थल र धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गराउने उद्देश्यले पञ्चश्री महायज्ञ गर्न लागिएको पनि जनाइएको छ ।
रारायीकोटदेखि केही तल पर्ने पञ्चकोट स्वामी कमलनयानचार्यको जन्मथलोसमेत हो । पञ्चकोटमा स्वामीजीका संकल्पमा भव्य मन्दिर निर्माण भइसकेको छ ।
नयाँ वर्षमा यज्ञ गरिने स्थलहरु अति विकट स्थानमा रहेका छन् । ती सबै स्थानमा स्वामीले दुई दशकअघि तपस्या गरेको जानकारहरु बताउँछन् । पानी, बिजुली, घर नै नभएको अति विकट पहाडका टुप्पामा आउँदो वैशाख १ गते यज्ञ गरिने भएको हो । त्यहाँ गरिने यज्ञबाट त्यस क्षेत्रको धार्मिक महत्वको प्रचार र समृद्धिमा ठूलो योगदान पुग्ने गाउँपालिका अध्यक्ष मल्लले बताउनु भयो ।
नयाँ वर्षको अवसरमा गरिने यज्ञस्थलहरुमा स्वामीले त्यस क्षेत्रमा निर्माण गरिएका समितिका महानुभाव र सर्वसाधारणलाई दिशा निर्देश गर्नु भएको थियो । जानकारहरुका अनुसार नयाँ वर्षका अबसरमा हुने यज्ञस्थलहरुमा स्वामी कमलनयनाचार्यबाट २५ र ३२ वर्षअघि ध्यान जप र तप गरिएको थियो ।
स्वामी कमलनयनाचार्यजी महाराजले सोमबार ती यज्ञ स्थलहरुमा पुष्प वृष्टिसमेत गर्नुभएको थियो । ती सबै स्थानमा यज्ञ सम्पादन मूल समिति , सल्लाहकार समिति गठन भएर काम अघि बढेको छ । महायज्ञबाट मुक्तिनाथ पीठाधीश कमलनयानचार्यजी महाराजका सत्संकल्पले नेपालमा धेरै ऐतिहासिक र धार्मिक कार्यहरु भइरहेको जल्जला गाउँपालिका अध्यक्षले जानकारी दिनुभयो ।
त्रिवेणी, देवघाटधाम, गलेश्वर, पञ्चकोट, कुँडुले, मुक्तिनाथ, भक्तपुर र अन्य स्थानमा अखण्ड स्वामी श्री च्यारीटेबल ट्रष्टले निःशुल्क संस्कृत विद्यापीठहरु संचालन गरेको छ । ती विद्यालयहरुमा विपन्न छात्रले अध्ययन गर्छन् । खुला नेपालबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे