२०८२ बैशाख ७, आईतबार
कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार आगलागीबाट धन्सारमा रहेको ७० क्विन्टल धान, तोरी पाँच क्विन्टल, गहुँ दुई क्विन्टल, ३५ क्विन्टल (७० बोरा) कुखुराको दाना, फ्रिज एक थान, टिभी एक थान, डिजिटल मेसिन एक थान, सोलार प्यानल तीन थान, ब्याट्री तीन थान, इन्भर्टर एक थानलगायत ग्रिज, मोबिल, गियर आयल, हाइड्रोलिक पाइप, ड्रम अन्य भाँडावर्तन नष्ट भएको छ ।
यस्तै कुखुरा फार्ममा रहेको तयारी कुखुरा एक हजार २०० र चल्ला एक हजार पूर्णरूपमा जलेर नष्ट भएको उनले जानकारी दिएयो। अधिकारीका अनुसार आगलागी आज बिहान ४ः३० बजे भएको हो। आगो स्थानीयवासी, प्रहरी र दमकलको सहायताले नियन्त्रणमा लिइएको थियो । आगलागीको कारण भने खुल्न सकेको छैन ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे