२०८१ मंसिर ७, शुक्रबार
उनले उपभोक्ता समितिबाट भवन निर्माण सम्पन्न पश्चात अन्तिम बिल भुक्तानी दिने क्रममा ५ लाख घुस लिएको दावी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियार टंगालबाट खटिई गएको टोलीले नगर प्रमुख धर्मेन्द्र प्रसाद पटेल, निजका सहयोगी अशोक प्रसाद पटेललाई सेवाग्राहीबाट घुस बापत दुई लाख पचास हजार रुपैयाँ नगद र दुई लाख पचास हजार रुपैयाँको चेक लिइसकेको अवस्थामा मिति २०७८।११।१५ गते नियन्त्रणमा लिइएको थियो ।
निज नगर प्रमुख धर्मेन्द्र प्रसाद पटेल र अशोक प्रसाद पटेललाई बिगो पाँच लाख रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र ऐ. दफा ३ को उपदफा (१) को देहाय खण्ड (घ) मा उल्लेख भएबमोजिम सजायको मागदाबी लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे