२०८१ मंसिर ६, बिहिबार
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आवश्यक पर्ने १ हजार ३० जना म्यादी प्रहरीको लागि जिल्ला प्रहरी कार्यालय नवलपुरले चैत्र ६ देखि आवेदन माग गरेको थियो।
सो पदका लागि आइतबार पहिलो दिन ४३० जनाले आवेदन दिएका थिए। आज दोस्रो दिन ८२० जनाले आवेदन दिएको प्रहरी निरिक्षक सागर पन्तले नवलपुर अनलाइनलाई बताउनुभयो।
आज आवेदन दिएका ८२० जना मध्ये महिला २०२ र पुरूष ६१८ रहेका छन्। पहिलो र दोस्रो दिनमा १२३० जनाले आवेदन दिएका छन्। दुई दिनमै नवलपुरमा माग गरिएको म्यादी प्रहरी संख्या भन्दा २२० बढिको आवेदन परेको छ।
म्यादी प्रहरीका लागि १८ वर्ष पुरा भई ५४ वर्ष ननाघेका नेपाली नागरीकले नि:शुल्क रूपमा दरखास्त बुझाउन सक्नेछन् । दरखास्त दिन आउँदा नेपाली नागरिकताको प्रतिलिपि र ४ थान पासपोर्ट साईजको फोटो आवश्यक पर्दछ।
म्यादी प्रहरीका लागि चैत ६ गतेदेखि ११ गतेसम्म जिल्ला प्रहरी कार्यालय कावासोतीमा उपस्थित भई दरखास्त दिन सकिनेछ । प्राप्त भएका आवेदनहरूको छनौट चैत्र १६ गतेबाट शुरू हुनेछ। चैत्र २२ गते १ हजार ३० जना म्यादी प्रहरीको अन्तिम नतिजा प्रकाशन गर्नेगरि तयारी भएको गिरीले बताउनुभयो। छनौट भएका म्यादी प्रहरीको लागि चैत्र २८ देखि १५ दिनको तालिम सञ्चालन हुनेछ।
सम्बन्धित समाचार:
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे