२०८१ मंसिर ८, शनिबार
एक नम्बर इजलास कक्षको ढोका मात्रै फोरिए पनि छ नम्बर इजलास कक्षमा भित्र रहेको दराज पनि फुटाइएको छ । दराजमा रहेका महत्त्वपूर्ण प्रमाण र मिसिलहरू चोरी भएको आशंका गरिएको छ । अहिले प्रहरीले घटनास्थलमा मुचुल्का उठाइरहेको छ ।
बुधबार बिहान सरसफाइ गर्न आएकी कर्मचारीले इजलास कक्षका ढोका फुटेको देखेपछि माथिल्लो तहका कर्मचारीलाई खबर गरेकी थिइन् । चौबीसै घण्टा अदालतको मुख्य प्रवेशद्वारमा प्रहरी सुरक्षा हुन्छ ।
साथै अदालतको अगाडि नै वडा प्रहरी कार्यालय बैदाम रहेको छ । यस्तो कडा सुरक्षा घेराका बीच अदालतमा पसेर दराज फुटाइनुलाई शंकास्पद घटनाका रूपमा लिइएको छ । कोठाभित्र ढोका फुटाउन प्रयोग गरिएको फलामको रड पनि भेटिएको प्रहरीले जनाएको छ । ईकान्तिपुरबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे