२०८१ मंसिर ६, बिहिबार
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आवश्यक पर्ने १ हजार ३० जना म्यादी प्रहरीको लागि जिल्ला प्रहरी कार्यालय नवलपुरले चैत्र ६ देखि आवेदन माग गरेको थियो।
यो सहित नवलपुर जिल्लाबाट म्यादी प्रहरीमा मागभन्दा २२९३ बढिले आवेदन दिएको प्रहरी निरिक्षक सागर पन्तले नवलपुर अनलाइनलाई बताउनुभयो।
म्यादी प्रहरीका लागि चैत ६ गतेदेखि ११ गतेसम्म आवेदन खुलाईएको थियो। आज छैठौँ दिन ३०१ पुरूष र ९० महिला सहित ३९१ जनाले आवेदन दिएका थिए। प्राप्त भएका आवेदनहरूको छनौट चैत्र १६ गतेबाट शुरू हुनेछ। चैत्र २२ गते १ हजार ३० जना म्यादी प्रहरीको अन्तिम नतिजा प्रकाशन गर्नेगरि तयारी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता दिलीप कुमार गिरीले बताउनुभयो। छनौट भएका म्यादी प्रहरीको लागि चैत्र २८ देखि १५ दिनको तालिम सञ्चालन हुनेछ।
भर्ना भएका म्यादी प्रहरीले ४० दिन काम गर्न पाउनेछन । ४० दिनसम्मको मासिक ३० हजार २४० रुपैयाँ पारिश्रमिक निर्धारण गरिएको छ । पारिश्रमिकका साथै प्रत्येक म्यादी प्रहरीले खाद्यान्नवापत ७ हजार २००,पोशाक तथा अन्य खर्च गर्ने गरि ६ हजार, यातायात खर्चवापत एक हजार र बिमा सुविधाको व्यवस्था गरिएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे