२०८१ मंसिर ६, बिहिबार
जिल्लाका ८ वटै पालिकामा कर्मचारी परिचालनका लागि अहिले कर्मचारीको विवरण सङ्कलनको काम भइरहेको जिल्ला निर्वाचन अधिकारी लाल प्रसाद शर्माले नवलपुर अनलाइनलाई जानकारी दिनुभयो । कार्यालयले निर्वाचनका लागि आवश्यक जनशक्ति व्यवस्थापनका लागि कर्मचारी र शिक्षकको विवरण माग गरेको छ ।
निर्वाचनमा परिचालनका लागि जिल्लास्थित कर्मचारी र शिक्षकको विवरण माग गरिएको र विवरण प्राप्त भएपछि निर्वाचन आयोगमा पठाइने उहाँले बताउनुभयो । “आयोगबाट नामावली स्वीकृत भएर आएपछि कर्मचारी खटनपटनको काम सुरू हुन्छ”,।
८ वटा स्थानीय तह रहेको नवलपुरमा ११३ मतदान स्थल र २९९ मतदान केन्द्र रहने छन्। एक हजार मतदाता बराबर एउटा मतदान केन्द्र कायम गरिएको छ।
जिल्लामा २१ दलले भाग लिने भएका छन् । राष्ट्रिय मान्यताप्राप्त ५ र अन्य क्रियाशील १६ गरी कूल २१ दलले निर्वाचनमा भाग लिने जिल्ला निर्वाचन कार्यालय नवलपुरले जनाएको छ । दल दर्ताका लागि दिइएको समयभित्र २१ दलले दर्ता गराएको निर्वाचन अधिकारी शर्माले बताउनुभयो। निर्वाचन आयोगले अन्तिम मतदाता नामावली आज प्रकाशन गर्दैछ।
सम्बन्धित समाचार:
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे