२०८१ मंसिर ८, शनिबार
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री देउवाले यही चैत १८ देखि २० गतेसम्म भारतको भ्रमण गर्न लाग्नुभएको हो । प्रधानमन्त्रीका साथ उहाँकी धर्मपत्नी डा आरजु राणा देउवा पनि रहनुहुनेछ ।
प्रधानमन्त्रीको टोलीमा परराष्ट्रमन्त्री डा नारायण खड्का, नेपाल सरकारका अन्य वरिष्ठ मन्त्री, सचिव र अधिकारी सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणले नेपाल र भारतबीचको बहुआयामिक, सदियौँ पुरानो र सौहार्दपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास उक्त मन्त्रालयले व्यक्त गरेको छ ।
भ्रमणका क्रममा प्रधानमन्त्रीले भारतका उपराष्ट्रपति एवम् वेंकैया नायडूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीले चैत १९ गते हैदरावाद हाउसमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नुहुनेछ ।
गत असारमा वर्तमान सरकारको नेतृत्व लिएपछि प्रधानमन्त्रीबाट हुन लागेको यो पहिलो द्विपक्षीय विदेश भ्रमण हो । भारत र नेपालबीच शताब्दीऔँ पुरानो विशेष मित्रता एवं सहयोगको सम्बन्ध रहेको छ ।
यो भ्रमणबाट दुई पक्षबीचको घनिभूत सहकार्य र साझेदारीलाई थप सघन तुल्याउन तथा दुई देशका जनताको हितका विषयलाई अगाडि बढाउने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे