२०८२ बैशाख ६, शनिबार
अहिलेसम्म १३ वटा हिमाल आरोहणका लागि १६ वटा समूहले अनुमति लिएको पर्यटन विभागले जनाएको छ ।
विभागका अनुसार सोमबारसम्म १६ समूहका १ सय २८ जनाले आरोहण अनुमति लिएका छन्, जसमा ३२ महिला र ९६ पुरुष रहेका छन् ।
आरोहण टोलीबाट सरकारले २ करोड ६५ लाख रुपैयाँ रोयल्टी संकलन गरेको छ ।
सगरमाथा आरोहण अनुमति लिन विदेशी नागरिकले प्रतिव्यक्ति ११ हजार अमेरिकी डलर रोयल्टी तिर्नुपर्ने व्यवस्था छ भने नेपालीको हकमा प्रतिव्यक्ति ७५ हजार रुपैयाँ तिर्नुपर्छ । सगरमाथा आरोहणका लागि बढीमा १५ जनाको समूह बनाउन पाउने व्यवस्था छ ।
यसैबीच विभागले सन् २०२२ को वसन्त ऋतुमा खुम्बु क्षेत्रमा हुने पर्वतारोहण सम्बन्धी विभिन्न गतिविधिलाई थप मर्यादित र व्यवस्थित बनाउन विभागका निर्देशक सूर्यप्रसाद उपाध्यायको संयोजकत्वमा ७ सदस्यीय समन्वय तथा सहजीकरण समिति गठन गरेको छ । सो समितिले यो सिजनमा हुने हिमाल आरोहणको सहजीकरण गरी आरोहणलाई व्यवस्थित गर्न सहयोग गर्ने विभागका निर्देशक तथा प्रवक्ता मोहनबहादुर जिसीले बताए ।
समितिले आरोहणको समयमा हुने फोहोरमैला व्यवस्थापन तथा आरोहीको स्वास्थ्यमा हुने समस्याको निराकरण गर्न सहयोग गर्नेछ । साथै सगरमाथा आरोहणमा हुने अव्यवस्थित भीड नियन्त्रण तथा स्वास्थ्य सुरक्षाको सहजीकरण गर्ने प्रवक्ता जिसीले बताए । पछिल्लो समय कोभिड–१९का कारण सुस्ताएको आरोहणले यस वर्ष गति लिने देखिएको छ । कारोबार दैनिकबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे