२०८१ माघ १८, शुक्रबार
कम्पनीले चैत ८ गतेदेखि ११ गतेसम्म सर्वसाधारणका लागि आईपीओ विक्री गरेको थियो । कम्पनीले सार्वजनिक निष्कासन मार्फत विक्री गरेको २८ लाख ७५ हजार कित्ता शेयर बाँडफाँट गर्नेछ । कम्पनीले सर्वसाधारणका कुल ३१ लाख २५ हजार कित्ता शेयर छुट्याएको हो । कुल कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात् १ लाख ५६ हजार २५० कित्ता सामूहिक लगानीकोषहरुका लागि बाँडफाँट गरिसकेको छ भने ३ प्रतिशत अर्थात् ९३ हजार ७५० कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरेको छ ।
सार्वजनिक निष्कासनमार्फत विक्रीमा आएको शेयर खरिदका लागि २१ लाख ५७ हजार ६३१ जनाले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले दिएको जानकारी अनुसार यी आवेदकहरुबाट रू. २ अर्ब ५९ करोड ४० लाख ५६ हजार बराबरको २ करोड ५९ लाख ४० हजार ५६० कित्ता शेयर खरीदको आवदन परेको हो । जुन मागभन्दा ९ गुणा बढी आवेदन हुन आउँछ । कम्पनीको आईपीओ भने योग्य आवेदनहरुमध्य भाग्यमानी २ लाख ८७ हजार ५०० जनाले मात्र १० कित्ताका दरले हात पार्नेछन् ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानियमा शेयर बाँडफाँट गरी दोस्रो चरणमा सर्वसाधारणमा शेयर विक्री गरेको हो । यस अघि कम्पनीले स्थानियमा फागुन २ गतेदेखि २० गतेसम्म ३१ लाख २५ हजार कित्ता शेयर विक्री खुला गरी रितपूर्वक आवेदन दिने सम्पूर्ण आवेदकहरुलाई सम्पूर्ण कित्ता शेयर फागुन २९ गते बाँडफाँट गरेको हो । हाल कम्पनीको संस्थापकहरुबाट चुक्ताभएको पूँजी रू. २ अर्ब ५० करोड रहेको छ । संस्थापकबाट ८० प्रतिशत शेयर चुक्ताभएको हो । सर्वसाधारणमा सामूहिकलगानीकोष र कर्मचारी सहित १० प्रतिशत र आयोजना प्रभावित स्थानीयमा रू. १० प्रतिशत शेयर बाँडफाँट पश्चात यो पूँजी रू. ३ अर्ब १२ करोड ५० लाख पुग्नेछ ।
यस कम्पनीले ओखलढुङ्गा जिल्लामा ५२ दशमलव ४ मेगावाट क्षमताको लिखु–४ जलविद्युत आयोजना निर्माण सम्पन्न गरिसकेको छ । कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ आर्थिक वर्ष ०७७÷७८ सम्म रू. ९१ दशमलव ८६ रहेको छ । गत आर्थिक वर्षको अन्त्यसम्म कम्पनी रू. ९७ लाख ९९ हजार सञ्चित नोक्सानीमा रहेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको अपस्किृत वित्तीय विवरण अनुसार भने कम्पनीको सञ्चित नाफा रू. ५ करोड २ लाखभन्दा बढी छ । आर्थिकन्यूजबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे