२०८१ मंसिर ७, शुक्रबार
वडा नं १ का अध्यक्ष नारायण पन्त भन्छन् ‘कसले कसरी संचालन गर्ने भन्ने कार्यविधि नबनेका कारण सर्वसाधारणका लागि खुला गरिएको छैन । टावर कसले संचालन गर्ने भन्ने कार्यविधि नबनेका कारण संचालन हुन नसकेको हो । त्यहाँ पुग्ने पक्की सडक नभएका कारण आउजाउ गर्न समस्या छ ।’
टावर भएको १ नम्बर वडा सुकुम्वासीहरुको बाहुल्यता रहेको वडा पनि हो । कावासोतीको हात्तीखोरबाट भ्यु टावरसम्म पुग्ने बाटो कच्ची नै छ । अहिले सडक धुलाम्य र धेरै खाल्डाखुल्डी छन् । वर्षातमा हिलोका कारण जानै मुस्किल छ । वडाध्यक्ष पन्त भन्छन्, ‘ नगरपालिकाले डाँडामा भ्यु टावर ठड्याएको छ । एम्बुलेन्स खरिद गरौं, सुत्केरी हुने अस्पताल बनाऔं भन्दा मानेनन् । भ्यु टावर बनाउँदा कमिसन आउने होला । डाँडाको टुप्पामा किन चाहिएको हो यो टावर मैले बुझेको छैन । मैले त एम्बुलेन्स खरिद गरौं भन्ने प्रस्ताव गरेको थिएँ मानेनन् । कमिसन आउने भएकाले टावर ठड्याए र हिँडे । अहिले टावर हेर्न कोही आउँदैन ।’
करिब ६० फिट अग्लो भ्यू टावरमा एकैपटक २० जना चढ्न सकिन्छ । कावासोती नगरपालिकाको उत्तरी क्षेत्र १ नम्बर वडाको बालुवा डाँडामा भ्यु टावर निर्माण गरिएको हो । कावासोतीका बासिन्दा हरी बस्नेत भन्छन्, ‘टावर नहुँदा पनि धेरै दृश्य छर्लंग देखिन्थ्यो । डाँडाका धेरै पाटाबाट अधिकांश स्थान देखिने ठाउँमा टावर ठड्याइएको छ । भ्यु टावर भएको वडा नम्बर १ मा आधारभुत सेवा सुविधा र भरपर्दो स्वाथ्यकेन्द्र पनि छैन । तर टावर बनाइयो ।’
भ्यु टावरभन्दा पनि पहिला त्यहाँ स्वास्थ्यकेन्द्र भवनको आवश्यकता रहेको स्थानीयहरू बताउँछन् । यसबारे धेरैले पटकपटक कुरा पनि उठाएको बताउँछन् वडाध्यक्ष पन्त। तर कावासोती नगरपालिकाले टावर बनाउँदा स्थानीयहरूलाई यसले कुनै फाइदा नहुने स्थानीयहरूको भनाइ छ ।
स्थानीयहरूका अनुसार टावर नहुँदा पनि वालुवाडाँडाबाट चितवन निकुन्ज, नारायणी नदी र दक्षिणतर्फको सबैजसो फाँट छर्लङ्ग देखिन्छ । कावासोतीको उत्तरमा रहेको हात्तीखोर भन्दा माथिको बालुवाडाँडामा भ्यु टावर निर्माण सकिए पनि त्यो सर्वसाधारणका लागि प्रवेश खुला गरिएको छैन । निर्माण सम्पन्न गत मंसिरमा भएको हो । यद्यपि संचालनका लागि त्यहाँको स्कुललाई जिम्मेवारी दिने कि संस्था दर्ता गराएर गर्ने भन्ने यकिन नभएको इन्जिनियर पवन रुपाखोती बताउँछन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे