२०८१ मंसिर ६, बिहिबार
जिल्ला प्रशासन कार्यालय आसपासमा फोटोकपी सेन्टर चलाएर बस्ने तथा बिभिन्न व्यक्तिहरूले प्रि-इनरोलमेन्ट फाराम भर्न तथा फोटो खिच्न समेत मिति र समय बुक गरिदिने भन्दै चर्को शुल्क लिएको गुनासो आएको छ। जनताको गुनासोलाई मध्यनजर गर्दै भन्दै यस्तो कार्यमा संलग्न व्यक्तिलाई कानून बमोजिम कडा कारबाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी (सूचना अधिकारी) चित्राङ्गत बरालले बताउनुभयो।
प्रि-इनरोलमेन्ट फाराम भर्न तथा फोटो खिच्नका लागि सेवाग्राहीहरुसंग मोलमोलाई गरी धेरै रकम असुल गर्ने तथा धेरै जनाको विवरण संकलन गरी मोलमोलाईको आधारमा बढि पैसा दिनेको छिट्टै मिति र समय बुक गर्ने गरेको गुनासो प्रति कार्यालयको गम्भिर ध्यानाकर्षण भएको उहाँले बताउनुभयो।
विद्युतीय राहदानीको अनलाइन फारामसँग सम्बन्धित कार्य गर्न निर्धारण गरिए भन्दा बढी शुल्क लिने, सेवाग्राहीहरुको अनलाईन फाराम संकलन गरी राखी मोलमोलाईको आधारमा “Date Book” गर्ने कार्य गैर कानूनी भएकाले यस्ता कार्य नगर्न नगराउन सम्बन्धित सबैमा जानकारी गराइन्छ । यदी कसैले त्यस्तो कार्य गरेमा कार्यालयमा सूचना दिन सेवाग्राहीमा अनुरोध गरिन्छ बरालले बताउनुभयो ।
तपाईँ पनि यी र यस्तै समस्याबाट पीडित हुनुहुन्छ र प्रि-इनरोलमेन्ट फाराम भर्न तथा फोटो खिच्नका लागि चर्को शुल्क तिर्नुपरेको छ भने जिल्ला प्रशासन कार्यालय नवलपुरका सहायक प्रमुख जिल्ला अधिकारी (सूचना अधिकारी) चित्राङ्गत बरालको मोबाइल नम्बर ९८५७०४०२६७ मा सिधै सम्पर्क गरेर गुनासो राख्न सक्नुहुनेछ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे