२०८१ मंसिर ७, शुक्रबार
ई–पासपोर्ट बनाउन प्रि-इनरोलमेन्ट फारम भर्नुपर्ने र मिति बुक गरेपछि पासपोर्टका लागि फोटो खिचाउन सधैजसो लाइनमा बस्नुपर्ने भएपछि सर्वसाधारणका लागि यो प्रकृया झन्झटिलो भएको हो।
ई–पासपोर्ट बनाउन राष्ट्रिय परिचयपत्रको नम्बर अनिवार्य लिनुपर्छ। पासपोर्ट बनाउन आउँदा उक्त नम्बर लिएपश्चात मात्रै फारम भर्नुपर्ने भएपछि सर्वसाधारणहरुलाई ई–पासपोर्ट बनाउन निकै समस्या भईरहेको जिल्ला देखि राहदानी बिभागमा हुने दिनहुँजसो भिडले छर्लङ्ग पार्दछ।
टाढा टाढाबाट आएका सर्वसाधारणहरू फारम भर्न तथा कागजात अभावमा साईबर तथा फोटोकपी पसलको भर पर्नुपर्ने बाध्यता छँदै छ।
फोटो खिचाउन, कागजात फोटोकपी गर्न, फारम भर्न पसलवालाहरूले मनपरी पैसा लिने गरेका छन्। मिति बुक गरिदिने बाहनामा अग्रिम पैसा असुल्ने गरेको रूपन्देहीबाट पासपोर्ट बनाउन आएका हरि अर्यालले नवलपुर अनलाइनलाई बताए।
पसलहरूबाट सर्वसाधारण दिनानुदिन ठगिएको भन्दै उनले सम्बन्धित निकायले तत्काल अनुगमन गर्नुपर्ने बताए।
शुक्रबार राहदानी बिभागमा विद्युतीय प्रणाली (ई–पासपोर्ट) बनाउन आउनेहरूको भिडलाई नवलपुर अनलाइनको क्यामरामा कैद गरिएको छ। हेर्नुहोस राहदानी बिभाग त्रिपुरेश्वर, काठमाडौँमा पासपोर्ट बनाउन आउनेहरूको भिडभाड।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे