२०८१ मंसिर ७, शुक्रबार
फागुन २८ गतेका लागि तय गरिएको भन्सार एजेन्टको परीक्षा फागुन २६ गतेको उच्च अदालत पाटनको अल्पकालिन अन्तरिम आदेशको कारण स्थगित भएको थियो।
परीक्षा रोक्न माग गर्दै परेको रिट निवेदनमाथि सुनुवाई गर्दै उच्च अदालत पाटनले यसअघिको अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने फैसला सुनाएको हो ।
क्रिस्टिना थैबले समानुपातिक समावेशी प्रणालीमा कोटा तोक्न माग गर्दै उच्च अदालत पाटनमा रिट दायर गरेकी थिइन।
२०७७ साल चैत १७ गते भन्सार बिभागले ६६० जनाको संख्यामा भन्सार एजेन्टका लागि आवेदन माग गरेको थियो। उक्त पदका लागि देशभरबाट ९ हजार २३ जनाले आवेदन दिएको भन्सार बिभागले जनाएको छ।
पहिलो पटक २०७८ जेठमै परीक्षा हुने भनिएपनि कोभिडका कारण परिक्षा स्थगित भएको थियो। दोस्रो पटक माघ २९ मा तोकिएको परिक्षा पनि कोभिडकै कारण स्थगित भएको थियो। तेस्रोपटक फागुन २६ मा स्थगित भएको परिक्षा पटक पटक स्थगित हुँदै नयाँ परिक्षा मिति तय गरिएको छ।
भन्सार एजेन्टको आवेदकसँग विभागले प्रति आवेदन ३ हजारको दरले शुल्क उठाएको छ। हालसम्म परिक्षा दिन पाउने आवेदकको संख्या ९ हजार २३ जना छ। परीक्षार्थीहरूबाट बिभागले आवेदन शुल्क बाट मात्रै २ करोड ६९ लाख ७० हजार उठाएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे