२०८१ मंसिर ७, शुक्रबार
विशेष अदालतको पूर्ण बैठकबाट सूचना प्रविधिको प्रयोग अनलाइनबाट तारिख लिनेसम्बन्धी निर्देशिका, २०७२ पारित भएपछि उक्त व्यवस्था लागू हुने भएको हो।
अदालतका प्रवक्ता दीपेन्द्रनाथ अधिकारीका अनुसार जिल्लामा रहेका सेवाग्राहीलाई अदालतसम्म आउन नपर्ने गरी सहज रूपमा तारिख लिन सो सुविधाको व्यवस्था गरिएको हो। उक्त व्यवस्था आगामी वैशाख १ गतेदेखि लागू हुनेछ।
अदालतले अनलाइन तारिख लिनका लागि शाखा अधिकृत भूपेन्द्र उपाध्याय, शाखा अधिकृत यज्ञराज रेग्मी र प्राविधिक टामलाल भुसाललाई तोकेको छ। सर्वोच्च अदालतबाट अनलाइन तारिखको सुविधा उपलब्ध गराउनका लागि आवश्यक व्यवस्था, सहयोग तथा सहजीकरण गर्न यही चैत १७ चैत गते आदेश भएको थियो।
त्यस्तै अनलाइनबाट तारिख लिनका लागि विशेष अदालतले निर्देशिकाको अनुसूची २ बमोजिम फारामको ढाँचासमेत बनाइसकेको छ। रासस
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे