२०८० चैत्र १६, शुक्रबार
नवलपुर: जिल्ला अदालत नवलपुरले किशोरी बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुना राख्न आदेश दिएको छ।
बुधबार जिल्ला न्यायाधीश अर्जुन अधिकारीको इजलासले अभिनेता शाहलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । अन्तिम फैसला नआएसम्मका लागि अभिनेता शाहलाई थुनामा राखेर अनुसन्धान गर्न अदालतले भनेको छ । शाहलाई तनहुँस्थित थुनामा राख्न प्रहरीले बुधबार राति तनहुँ लगेको छ ।
यसअघि, बुधबार नै शाहको पूर्वी नवलपुर जिल्ला अदालतमा थुनछेक बहस सकिएको थियो ।
अदालतमा तीन सरकारी वकिल कमल पन्थी, डालबहादुर नेपाली र बुद्धबहादुर थापाले पीडित किशोरीको तर्फबाट बहस गरेका थिए ।
उनीहरूले किशोरीको मागबमोजिम १२ देखि १४ वर्षसम्म कैद सजाय हुनुपर्ने माग गरेका थिए । त्यस्तै शाहविरुद्धको थुनछेक बहसका क्रममा शाहका पक्षबाट ९ वकिलले बहस गरेका थिए ।
बलात्कार आरोपमा पक्राउ परेका शाहविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो । तनहुँ प्रहरी हिरासतमा रहेका शाहलाई मंगलबार जिल्ला अदालत ल्याएर बयान लिइएको हो । वैशाख ७ गते नवलपुर जिल्ला अदालतमा हाजिर हुन भनिएको छ ।
त्यस्तै अर्का मुद्दामा तनहुँ अदालतको फैसलाअनुसार पुर्पक्षका लागि शाह थुनामा रहेका छन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे