२०८१ मंसिर ६, बिहिबार
गैँडाकोट नगरपालिकामा भोलि चैत्र २५ गते शुक्रबार देखि सञ्चालन हुने टाइफाइड खोप कार्यक्रमलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरिएको थियो। नगरभित्र रहेका जनप्रतिनिधि तथा कर्मचारीहरूलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले नवलपुर अनलाइनलाई जानकारी दिनुभयो।
भोलि देखि नगर भित्रका २३ हजार ७४५ जना बालबालिकालाई टाइफाइड विरुद्धको टिसिभी खोप लगाइने भएको छ । चैत २५ गतेदेखि बैशाख २ गतेसम्म खोप कार्यक्रम सञ्चालन हुनेछ।
विहान १०:३० बजेदेखि दिउसो ४ बजेसम्म नगरपालिका भित्र तोकिएका ६४ वटा केन्द्रहरुमा पुगेर बालबालिकाहरुलाइ खोप लगाउन सकिने पौडेलले बताउनुभयो ।
पहाडी भेगमा १५० र तल्लो समथर तराई भेगका २०० भन्दा बढी विद्यार्थी संख्या रहेका संस्थागत तथा सामुदायिक विद्यालयहरु सबैलाई खोप केन्द्र बनाइएको छ । १ भायलले ५ जनालाई लगाउन सकिन्छ। एकपटक खोलिसकेको भायल १ घण्टा पछि प्रयोग गर्न नमिल्ने हुँदा समयमै बालबालिकालाई खोप केन्द्रमा लगाउन पौडेलले आग्रह गर्नुभयो। १ खोप केन्द्रमा १ जना स्वास्थ्यकर्मी, १ स्वयंसेवक र १ सम्बन्धित विद्यालयको महिला शिक्षिका रहनेछन्।
गैँडाकोट नगरपालिका भित्र रहेका १५ महिनादेखि १५ वर्ष उमेर सम्मका सबै बालबालिकाहरुलाइ खोप अभियानमा सहभागि गराउन उहाँले आग्रह गर्नुभएको छ ।
गैँडाकोट नगरपालिका भित्रका बालबालिकाहरुलाई भन्दै स्वास्थ्य कार्यालयले ४ हजार ३२ भायल खोप पठाएको छ । स्वास्थ्य कार्यालयबाट प्राप्त खोप अपुग हुनेभएकोले ७२३ भायल खोप माग गरिएको छ। पछिल्लो तथ्यांक अनुासर गैँडाकोट नगरपालिकामा ८९ जना टाइफाइडका बिरामी रहेको स्वास्थ्य शाखाले जनाएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे