२०८१ मंसिर ६, बिहिबार
भौतिकशास्त्रमा स्नातक गरेका लम्साल गाउँमै केही समय शिक्षण पेशामा समेत आवद्ध थिए। विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आएका लम्सालले आफ्नो वडाको चौतर्फी विकासका लागि योजनावद्ध विकास मोडल लिएर अगाडि बढ्ने नवलपुर अनलाइनलाई बताए।
जसमध्ये कृषिमा आधुनिकीकरण, घरघरमा खानेपानी, शिक्षा र स्वास्थ्यमा जनताको पहुँच अभिवृद्धि, युवालाई गाउँमै स्वरोजगारका निम्ती युवा सशक्तिकरण कार्यक्रम, विद्युतको सहज आपूर्ति सँगै सहज व्यवस्थापन, प्राकृतिक स्रोतको सहि परिचालन र दीर्घकालिन पूर्वाधार विकास मुख्य रहेका छन्।
मलाई सस्तो लोकप्रियताको लागि राजनीतिक कदम लिनु छैन। दीर्घकालीन राजनीतिमा आएर समाज परिवर्तन गर्नुपर्छ भन्ने मेरो धारणा हो उनी भन्छन्। अब युवा पुस्तालाई देश चलाउन जिम्मेवारी दिनुपर्ने लम्सालको दाबी छ ।
तर स्वतन्त्र उम्मेदवारी दिने वा कुनै दलबाट उठ्नेबारे उनले निर्णय लिइसकेका छैनन्।
पहिल्यैदेखि समाजसेवामा सक्रिय रहेको उल्लेख गर्दै भने, ‘यो हिजो सोचेर आज तत्काल घोषणा गरेको उम्मेदवारी होइन। यो लामो समयदेखिको तयारी थियो र यसपटक सही समय हो भन्ने लागेर वडाध्यक्षमा उम्मेदवारी दिने तयारी गरेको हुँ। साथै, आफू युवा भएकाले पनि अहिलेको पुस्ताले युवा नेतृत्वलाई विश्वास गर्ने उनको भनाई छ। आम वडावासी बुवाआमा तथा दाजुभाई दिदीबहिनीहरूलाई अबको चुनावमा आफ्नो मताधिकारको सहि सदुपयोग गरि आफुलाई भोट दिन लम्सालले आग्रह गरेका छन्।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे