२०८२ बैशाख ६, शनिबार
नयाँ आवेदन आगामी जेठ १ गतेबाट खुला गर्ने तयारी यातायात व्यवस्था विभागले गरेको छ।
नयाँ आवेदन दिनेको चाप बढेको र छाप्न बाँकी रहेको लाइसेन्सको काम सम्पन्न गर्न विभागले अहिले नयाँ आवेदन बन्द गरेको छ। विभागले अहिले आवेदनको पालो कुरिरहेका परीक्षार्थीको परीक्षा लिइरहेको छ।
नयाँ लाइसेन्सका लागि फाराम भर्नेको सङ्ख्या पाँच लाख ७२ हजार पुगेको थियो । फाराम भरेकाको परीक्षाको पालो दुई वर्ष पछिसम्म परेको थियो। यो काम वैशाखसम्म सम्पन्न गरेर छिटो परीक्षा दिने व्यवस्थाको तयारीमा विभाग रहेको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे