२०८२ बैशाख ६, शनिबार
नेपालगञ्जमा आइतबार राति कारले ठक्कर दिँदा तीन जना पैदल यात्रुको मृत्यु भएको छ ।
बिपी चोक नजिकै सडकमा हिडिरहेका तीन जनालाई कारले ठक्कर दिएको थियो । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ११ की ६५ वर्षीया समिना इद्रिसी, पाँच वर्षीय कसिम इद्रिसी र पाँच वर्षकै अलि इद्रिसीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ । ठक्कर दिने कार चालकले नै उनीहरुलाई उपचारका लागि अस्पताल लगेकोमा तीनै जनाको मृत्यु भएको हो ।
कार चालक नेपालगञ्ज उपमहानगर १० का २८ वर्षीय इन्द्रबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे