२०८१ मंसिर ७, शुक्रबार
पल प्रारम्भिक सुनुवाइ सकिएर पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् । पीडित नाबालिगले आइतबार जिल्ला अदालत तनहुँमा बकपत्र गर्दा आफूले दबाबमा आएर जोहरी दिएको र प्रहरी आफंैले बयान लेखेको बताएकी छन् ।
नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा पक्राउ पुर्जी जारी भएपछि गत १५ फागुनमा प्रहरीसमक्ष आत्मसमर्पण गर्दै शाह जिल्ला प्रहरी कार्यालय तनहुँ उपस्थित भएका थिए । तनहुँमा बलात्कार कसुरमा अनुसन्धान भइरहेका बेला नवलपरासी पूर्वमा समेत शाहले बलात्कार गरेको भन्दै जाहेरी परेको थियो । दुवै घटनाको पीडित उही नाबालिग थिइन् ।
जिल्ला अदालत तनहुँ र नवलपुर दुवै अदालतले प्रारम्भिक सनुवाइ गर्दै शाहलाई पुर्पक्षका लागि थुनामा पठाएको छ । शाह जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा पुनरावेदनमा गएका छन् । पुनरावेदन निवेदनमाथिको सुनुवाइको पर्खाइमा छन् ।
नाबालिगले अदालतमा बयान फेरे पनि केही समयअघि उनले पल शाहविरुद्ध जाहेरी दर्तापछि ग्यालेक्सी टेलिभिजनको एक अन्तर्वार्तामा आफूमाथि बलात्कार भएको जिकिर गरेकी थिइन् । तर, आइतबार अदालतमा नाबालिगपक्षसँग बयान लिँदा आफू अरूको उक्साहटमा लागेर जाहेरी दिएको बताएकी छन् । साथै उनले बयानमा आफ्नो मानसिक अवस्था ठीक नभएको र प्रहरीमा के भनेर बयान दिए आफैलाई थाहा नभएको बताएकी छन् ।
यसअघि उनै पीडित नाबालिगले नवलपुर जिल्ला प्रहरी कार्यालय र तनहुँ जिल्ला प्रहरी कार्यालयमा बयान दिँदा आफू बलात्कृत भएको बयान दिएकी थिइन् । पलले समेत आफू बियर खाएर नाबालिगको कोठामा प्रवेश गरेको र प्रेमीप्रेमीकाबीच सम्बन्ध हुनु सामान्य भएको अडियो टेपलाई अदालतले प्रमाणका रूपमा स्वीकारेको थियो । सो प्रमाणलाई समेत आधार बनाएर अदालतले पल शाहलाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो ।
पीडित नाबालिगले बयान फेरेसँगै अब यो मुद्दा कमजोर हुने देखिएको छ । राजधानी दैनिकमाबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे