२०८१ मंसिर ७, शुक्रबार
गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजाल, निर्वाचन अधिकृत दीपशिखा मुनाकमी तथा नगरपालिकाका लेखा अधिकृत बिष्णु प्रसाद भुषालले व्यानर खोली कार्यालयको उद्घाटन गर्नुभएको थियो।
निर्वाचन आयोगले खटाएको जिम्मेवारी र सूचना बमोजिम कार्यालय स्थापना पश्चात निर्वाचन कार्यालयले बैधानिकता पाएको गैँडाकोट नगरपालिकाकी निर्वाचन अधिकृत मुनाकमीले नवलपुर अनलाइनलाई बताउनुभयो।
गैँडाकोट नगरपालिकामा १८ वटा वडाहरू रहेको र मनोनयन दर्ता गर्दा भिडभाड हुने भएकोले आजै सर्वदलीय बैठक बसी गैँडाकोट नगरपालिकाका ९ वटा वडालाई बैसाख ११ गते र बाँकी ७ वडालाई बैशाख १२ गते उम्मेदवार मनोनयनका लागि समय तोक्ने तयारी रहेको मुनाकमीले जानकारी गराउनुभयो।निर्वाचन आचारसंहिता उल्लंघन भएमा कार्यालयमा जानकारी गराउन समेत उहाँले आग्रह गर्नुभयो।
आयोगले उम्मेदवारको मनोनयनको लागि यही वैशाख ११ र १२ गतेको समय तोकेको छ ।
१३ गते बिहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवारमाथि उजुरी दर्ता गर्ने दिन तोकिएको छ भने १४ र १५ गते निर्वाचन अधिकृतले त्यसबारेमा निर्णय दिने कार्यक्रम छ।
१६ गते उम्मेदवारले नाम फिर्ता लिने र बेलुका ५ देखि ६ बजे सम्ममा अन्तिम उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ। साथै १७ गते उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिने दीपशिखा मुनाकमीले जानकारी गराउनुभयो।
आजै निर्वाचन अधिकृतको कार्यालयमा खटिने कर्मचारीको टुङ्गो समेत लगाईसक्ने कार्यक्रम रहेको मुनाकमीले बताउनुभयो।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे