२०८१ चैत्र २०, बुधबार
काठमाडौँ, १२ बैशाख । स्थानीय तहको निर्वाचनका लागि पछिल्लो विवरणअनुसार देशभर ८२ हजार २१० ले उम्मेदवारी दर्ता गराएका छन । निर्वाचन आयोगका अनुसार सोमबार साँझ साढे ८ बजे सम्ममा ८२ हजार २ सय १० मनोनयन दर्ता गराएका हुन् ।
यसमध्ये नगर प्रमुखमा २ हजार २ सय ४३ जना र उपप्रमुखमा १ हजार ४ सय ४५ जनाले उम्मेदवारी दिएका छन् । त्यसैगरी अध्यक्षमा २ हजार ४ सय ९७ जना र उपाध्यक्षमा १ हजार ७ सय २६ जनाको उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ ।
वडा अध्यक्षमा २० हजार १ सय ७६ जना, दलित महिला सदस्यमा १३ हजार ५ सय ५४ सदस्यमा २८ हजार २८८ जनाको उम्मेदवारी परेको हो।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे