२०८१ मंसिर ७, शुक्रबार
नर्सिङ होममा रहँदा उनी बोर्ड गेम्समा रमाउँथिन् भने हिसाबका प्रश्नोत्तर लेख्दै बस्ने गर्थिन् । त्यसैगरी उनी सोडा र चकलेटहरू खाने गर्थिन् । उनले बयस्क अवस्थामा रहेका बेला चाउचाउ पसल, केक स्टोर्सलगायतका धेरै व्यापार व्यवसायहरु चलाएकी थिइन् ।
उनले ठिक एक शताब्दी अगाडि सन् १९२२ मा १९ वर्षको उमेरमा हिडेओ तानाकासँग विवाह गरेकी थिइन् । उनले चार सन्तान जन्माएकी थिइन् । खेलकुदमा निकै रुची राख्ने तानाकाले सन् २०२१ मा भएको टोकियो ओलम्पिक खेलकुद प्रतियोगिता प्रत्यक्ष हेर्न जाने रहर गरेकी थिइन् । तर कोरोना भाइरसको महामारीका कारण उनलाई खेल मैदान लगिएको थिएन ।
विश्वकै सबैभन्दा जेष्ठ नागरिकको रुपमा उनको नाम सन् २०१९ मा गिनिज बुकमा लेखिएको थियो । त्यतिबेला उनले यो नै आफ्नो जीवनको सबैभन्दा बढी खुशीको क्षण भएको बताएकी थिइन् । रातोपाटीबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे