२०८१ मंसिर ९, आईतबार
गैँडाकोट नगरप्रमुख पदका उम्मेद्वार मदनभक्त अधिकारीले टाउनभागरमा भएको कार्यक्रममा गैँडाकोट १४ मा चक्रपथ निर्माणको योजना बनाएको बताउनुभयो ।
अमरापुरी चोक, सालघारी भागर, नगरटाँडी हुँदै कृष्णमन्दिरसम्मको चक्रपथ निर्माणको प्रतिवद्धता व्यक्त गर्नुभएको छ । यस्तै भूमिहिन स्थानीयको समस्या समाधानमा सक्दो पहल गरि छिटो निस्सा उपलब्ध गराउने अधिकारीले बताउनुभयो ।
आज नै भएको गैँडाकोट १५ को कोण सभामा नगरप्रमुख र उपप्रमुख पदका उम्मेद्वार मदनभक्त अधिकारीले झराही तटबन्धनलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
गैँडाकोट उपप्रमुख पदकी उम्मेद्वार शान्ति कोइरालाले भन्नुभयो “सीमान्तकृत दलित, जनजाति, बाबुआमा गुमाएका, विपन्न क्यान्सर रोगी, मृगौला रोगी, मुटुरोगीका सन्तती तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक उन्नयका लागि अनुदान उपलब्ध गराउने छु ।”
उपप्रमुख पदकी उम्मेद्वार कोइरालाले सामुदायिक विद्यालयहरुमा शिक्षालाई निशुल्क गर्ने बताउनुभो । यसैगरि युवाहरुको प्रतिभा प्रोत्साहनका लागि गैँडाकोट ३, ४ र ८ को बीचमा निर्माणाधिन क्षेत्रीय रंगशाला र १३ नम्बर वार्डको सुनवर्षा चौरलाई क्रिकेट मैदान बनाउन पहल गर्ने बताउनुभएको छ ।
गैँडाकोट वाड नं. १४ का वडा अध्यक्ष पदका उम्मेद्वार महाशर्मा न्यौपानेले वडा भित्रका सामुदायिक विद्यालयको स्तरोन्नती, सडक पूर्वाधारको विकास, वडाबासीका लागि सिपको विकास र रोजगारिको सिर्जना, वडा भित्रको भलनिकासका लागि पहल गर्ने बताउनुभएको वडा सभापति युगेन्द्र कोइरालाले बताउनुभयो ।
गैँडाकोट वाड नं. १५ मा भएको काँग्रेसको कोण सभामा वडा अध्यक्ष पदका उम्मेद्वार प्रेमप्रसाद तिमिल्सिनाले वडा कार्यालयको निर्माण, शिक्षा र स्वास्थ्यमा सुधार, कृषि क्षेत्रको विकासको लागि किसानलाई सहजीकरण लगायतका योजना अघि सारेको बताउनुभएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे