२०८१ मंसिर ६, बिहिबार
बैशाख २६ गते सोमबार निर्वाचन अधिकृतको कार्यालय गैँडाकोटको परिसरमा बिहान ११ बजेदेखि नमुना मतदान कार्यक्रम संचालन गरिने निर्वाचन अधिकृत दीपशिखा मुनाकमीले नवलपुर अनलाइनलाई जानकारी गराउनुभयो।
मतदान गर्ने तरिका सिकाउने तथा बदर मत कम गर्ने उद्देश्यले नमुना मतदानको अभ्यास गर्न लागिएको मुनामकी बताउनुहुन्छ।
सबै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारलाई ५ देखि ७ जना सचेत मतदाता उपस्थित गराउन जानकारी गराईसकिएको छ। सचेत मतदाता बाट समेत के कति मात्रामा मत बदर हुने, गठबन्धनका उम्मेदवारलाई भोट दिँदा हुने अलमल र पहिलो पटक मतदान गर्ने मतदातालाई सचेत गराउनका लागि नमुना मतदान गर्न लागिएको हो।
नमुना मतदान कार्यक्रममा मतदान केन्द्र निर्माण, मतपेटिका बाकस राख्ने स्थानको छनोट, मतपत्र बितरण तथा परिचय पत्रको चेकजाँच रूजु गर्ने, मतपत्र पट्याउने तरिका, मतदान कार्यक्रम, मतपत्रमा स्वस्तिक छाप लगाउँदा सदर हुने र बदर हुने अवस्था, मतपेटिका बाकस सिल गर्ने, मुचुल्का उठाउने, मतपेटिका बाकस सिल तोडी मतगणना गर्ने र नमुना मतदानको परिणाम घोषणा गर्नेसम्मका चरणहरूबारे जानकारी गराईने निर्वाचन अधिकृत दीपशिखा मुनाकमीले बताउनुभयो।
नमुना मतदान कार्यक्रममा निर्वाचन अधिकृतको कार्यालयमा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी परिचालन गरिनेछ। जिल्ला निर्वाचन कार्यालय कावासोतीबाट नमुना मतपत्र र मतपेटिका आजै निर्वाचन अधिकृतको कार्यालय गैँडाकोटमा ल्याईसकिएको छ।
कार्यालय परिसरमा रहेका अन्य उपस्थित व्यक्तिहरूलाई समेत सहभागी गराई १०० जनाको नमुना मतदान कार्यक्रम गर्ने लक्ष्य रहेको मुनामकीले बताउनुभयो। नमुना मतदान कार्यक्रम करिब १ घण्टाको हुनेछ। एउटा मतपेटिकामा कम्तिमा ३५० मतपत्र अट्ने निर्वाचन आयोगले जानकारी गराएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे