२०८१ मंसिर ६, बिहिबार
यसअघि पनि भरतपुर महानगरको मेयर रहेकी दाहाल दोस्रो पटक विजयी भएकी हुन् । कुल मतदाता १ लाख ८५ हजार भएको भरतपुरमा जम्मा मत १ लाख २७ हजार ८३९ मत खसेको थियो ।
दाहालले ५२ हजार ३० मत प्राप्त गरेर विजयी भएकी छन् भने प्रमुख प्रतिद्वन्द्वी एमालेका विजय सुवेदीले ३९ हजार ५८१ मत ल्याएका छन् । मेयर पदमा दाहालले सुवेदीभन्दा १२ हजार ४४९ मत बढी ल्याएए विजयी भएकी हुन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७२८ मत प्राप्त गरेका छन् ।
यस्तै उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ५२ हजार ८०३ मत प्राप्त गरेर विजयी भएका छन् । उपमेयरमा एमालेले समर्थन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की उम्मेदवार हिमला गुरुङको ३० हजार ६१२ प्राप्त गरेकी छन् । अधिकारीले प्रतिद्वन्द्वी गुरुङभन्दा २२ हजार १९१ बढी मत ल्याएका छन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे